२०८२, श्रावण २ गते

Jul 17 2025 | २०८२, श्रावण २ गते

जनताको दुःख सुखमा पुगौ : कांग्रेस रुपन्देही सभापति खाँण 

बिहिवार , माघ २७, २०७८

भैरहवा, २७ माघ ।
नेपाली कांग्रेस सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ ले वृद्धवृृद्धा तथा निम्न आय भएका नागरिकलाई कम्बल वितरण गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस रुपन्देहीका सभापती रामकृष्ण खाँणले कांग्रेस सबै जनताको पार्टी भएको भन्दै जनताको सुख दुःखमा पार्टी पुग्ने बताए । उनले जनताको सेवा नै मुख्य उद्देश्य रहेको भन्दै कार्यकर्तालाई सामाजिक काममा केन्द्रित रहन आग्रह गरे । चोक र चिया पसलमा बसेर एकले अर्काको कुरा काट्ने परिपाटीको अन्त्य गरी सम्पूर्ण कांग्रेस नेता र कार्यकर्ताहरु जनताको सुख दुःखमा पुग्नुपर्ने र जनताका समस्याको समाधान गर्नुपर्ने उनको जोड थियो । 

कांग्रेस क्षेत्र ३ का क्षेत्रीय सचिव लेखनाथ भट्टराई र नगर सह–सचिव आदर्श गुरुङले कम्बल प्रदान गरेका थिए । उक्त ५० थान कम्बल ५० घर परिवारका सदस्यलाई प्रदान गरिएको हो । वडा सभापथि टंक ज्ञवालीको सभापतित्व, सचिव दिपक काफ्लेको सञ्चालनमा सम्पन्न कार्यक्रममा, क्षेत्रीय सभापति सुशील गुरुङ, संविधानसभा सदस्य इस्तियाक अहमद खान, प्रदेश (क) का सभापति सुरेन्द्र जंग थापा, नगर सभापति कोशिष बहादुर खड्का, महासमिति सदस्य देवी प्रसाद चौधरी लगायतले बोल्दै कार्यक्रमको प्रशंसा गरेका थिए ।