
सोमवार , माघ २४, २०७८
भैरहवा, २४ माघ ।
सिद्धार्थनगर वडा नम्बर ३ ले सुत्केरी आमाहरुलाई पोषणयुक्त आहार र सरसफाई सामग्री सोमबार वितरण गरेको छ । चालु आर्थिक वर्ष २०७८ को साउन महिनादेखि हालसम्म ३ नम्बर वडामा रहेका २२ जना सुत्केरी तथा बालबालिका लक्षित कार्यक्रम अनुसार सामग्री वितरण गरिएको वडाअध्यक्ष थानेश्वर पौडेलले बताए ।
वडाअध्यक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर उपप्रमुख उमा काफ्लेले पोषण सामग्रीले आमा तथा बच्चा स्वस्थ्य हुने र स्वस्थ्य व्यक्तिले राम्रो काम गर्न सक्ने भएको बताइन् । सुत्केरी महिलाहरुलाई अण्डा, घ्यु, मह, काजु, किसमिस, सेनेटरी प्याड, साबुन, स्याम्पु पाउडर, लगायतका सामाग्री वितरण गरिएको अध्यक्ष पौडेलले बताए ।
बच्चा जन्मिएपछि गरिने जन्म दर्ता नभए सामग्री नपाउने भएपछि बाँकी रहेका वडाबासीले जन्मदर्ता गराउन थालेको वडा सचिव रामलाल भुसालले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij