२०८२, आश्विन ७ गते

Sep 23 2025 | २०८२, आश्विन ७ गते

भीम अस्पतालद्वारा भैरहवा कारागारमा स्वास्थ्य शिविर

सोमवार , माघ २४, २०७८

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • भैरहवा, २४ माघ ।
    भीम अस्पताल भैरहवाले जिल्ला कारागार कार्यालय सिद्धार्थनगर, रुपन्देहीमा सोमबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । कारागारमा रहेका कैदीबन्दीहरुलाई लक्षित गर्दै शिविर गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. शकुन्तला गुप्ताले बताइन् ।

    कारागारमा रहेका ४४७ जना कैदीबन्दीमध्ये २०२ जनाको स्वास्थ्य परीक्षण गरिएको उनले जानकारी दिइन् । शिविरमा छाला, रुघाखोकी, मधुमेह, मानसिक, आँखा, दन्त, पेट दुख्ने लगायतका समस्या भएका बिरामीहरुको स्वास्थ्य परीक्षण गरिएको उनले बताइन् । 

    शिविरमा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. शकुन्तला गुप्ता, मेडिकल अफिसर डा. राजु रौनियार, आकस्मिक कक्ष (इमरजेन्सी) इञ्चार्ज सविता शर्मा, सिनियर अहेव जनकराज पन्त, फार्मासिष्ट पार्वती चौधरीको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो ।