२०८२, चैत्र ९ गते

Mar 23 2026 | २०८२, चैत्र ९ गते

ने.वि संघद्धारा सहिद क्याम्पसमा सरस्वती पुजा

आइतवार , माघ २३, २०७८

  • 3.4K
    Shares
  • 3.4K
    Shares
  • सैनामैना। सहिद नारायण पोख्रेल रामापुर क्याम्पसमा आज सरस्वती पुजा गरिएको छ । नेपाल विद्यार्थी संघ सहिद नारायण पोखरेल रामापुर क्याम्पस इकाई समितिको आयोजनामा बसन्ती पञ्चमीको अवसरमा सरस्वती पुजा गरिएको हो ।

    कार्यक्रम नेपाल विद्यार्थी संघ क्याम्पस इकाई सभापति मनोज क्षेत्रीको अध्यक्षता,नेपाली कांग्रेस सैनामैना नगर समिति सचिब अर्जुन पौडेलको प्रमुख आतिथ्यता तथा क्याम्पस प्रमुख यदुनाथ पन्त,प्रजातन्त्रबादी प्रध्यापक संघ सभापति प्रेम पौडेल,अनेरास्वयु केन्द्रीय कमिटी सदस्य सिमा घिमिरेको बिशिष्ट आतिथ्यता,नेकपा एमाले सैनामैना नगर कमिटी सदस्य रमेश घिमिरे,कमिटी अध्यक्ष अर्जुन पाण्डे,नेबिसंघ विद्यार्थी नेता मौशम थापाको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा इकाई उप–सभापति विकास सापकोटाको स्वागत मन्तव्य तथा ने.बि संघ इकाई समितिका सचिब किरण तिवारीको संचालनमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा क्याम्पसमा अध्यनरत विद्यार्थीको सहभागिता रहेको थियो ।