images

बिहिवार, बैशाख ६ गते २०८१

राजमार्गमा सवारीसाधनको गति नियन्त्रण यन्त्र प्रयोग 

राजमार्गमा सवारीसाधनको गति नियन्त्रण यन्त्र प्रयोग 

images
images
images
आइतवार, कार्तिक २ २०७७
आइतवार, कार्तिक २ २०७७
  • राजमार्गमा सवारीसाधनको गति नियन्त्रण यन्त्र प्रयोग 

    बुटवल, २ कार्तिक । लुम्बिनी प्रदेशका राजमार्गमा सवारीसाधन व्यवस्थापन र दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले आधुनिक प्रविधिमार्फत गति नियन्त्रण कार्य सुरु गरिएको छ । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले प्रदेशका राजमार्गमा चल्ने सवारी साधनको गति नियन्त्रणलाई प्रभावकारी बनाई सवारी दुर्घटना समेत कम गर्ने लक्ष्यका आधुनिक प्रविधिको यन्त्र प्रयोग सुरु गरेको हो । 

    images
    images
    images

    आधुनिक यन्त्रले सवारी साधनको तस्बिर, नम्बर र गति एकै पटक थाहा पाउने र रसिद प्रिन्ट गरेर चालकलाई उपलब्ध गराउने हुनाले विवादरहित हुने विश्वास ट्राफिक प्रहरीले गरेको छ । यो हामी कहाँ नयाँ प्रयोग हो, यसको प्रयोगबाट सवारीसाधनको फोटोसहित उक्त सवारीसाधनको गति सहित प्रिन्ट हुने हुँदा यसको प्रमाण बलियो हुन्छ । प्रहरी र चालकबीच हुने विवादको पनि अन्त्य हुन्छ भन्ने ट्राफिक प्रहरीको भनाइ छ । 

    ट्राफिक प्रहरीले राजमार्गमा तीव्र गतिमा गाडी हाँक्ने र सम्भावित दुर्घटना निम्ताउने भएकोले सवारीसाधनको गति थाहा पाउन आधुनिक राडार गन मार्फत सवारीसाधनको गति निगरानी गर्न सुरु गरेको जनाएको छ । तीव्र गतिमा गुड्ने सवारी साधनका कारण सडक दुर्घटना हुने गरेको तथ्य प्राप्त भएकोले ट्राफिक प्रहरीले गति नियन्त्रण गर्ने अभियान शुरु गरिएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख एवं प्रहरी उपरीक्षक डम्बर बिकले बताए ।

    लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले आइतबार बुटवलको कालिकानगरमा सञ्चारकर्मीहरुको उपस्थितीमा आधुनिक राडार गन मार्फत गति निगरानी गर्ने कार्यको परीक्षण गरेको थियो । साना सवारी मात्र होईन यात्रुवाहक र मालवाहक सवारी समेत तीव्र गतिमा चलाउँदा दुर्घटनाको जोखिम बढेकोले त्यसको नियन्त्रणलाई प्रभावकारी र प्रविधि मैत्री बनाउन आधुनिक राडार गनको प्रयोग गरिएको उपरिक्षक बिकले बताए ।

    गत आर्थिक वर्ष २०७६/७७ मा लुम्बिनी प्रदेशमा भएका ५२ प्रतिशत सडक दुर्घटना तिव्र गतिका कारण भएको ट्राफिक प्रहरीले जनाएको छ । सवारीसाधनको गति नियन्त्रण र तीव्र गतिमा सवारीसाधन हाक्नेहरुलाई कारवाही गर्न प्रविधिको आवश्यक भएकोले यो प्रयोग मेसिनको गरिएको प्रहरी नायव उपरीक्षक डिल्ली नारायण पाण्डेले बताए ।

    एक वर्षको अवधीमा लुम्बिनी प्रदेशमा भएका ११ सय २२ वटा सवारी दुर्घटना मध्ये ५ सय ७८ सवारी दुर्घटना तिव्र गतिका कारण भएको नायव उपरीक्षक पाण्डेको भनाई छ । अघिल्लो आर्थिक वर्षमा १ हजार २९ वटा सवारी दुर्घटना हुँदा ४ सय २ अर्थात् ३९ प्रतिशत तिव्र गतिका कारण भएको उनले बताए । यो गति नियन्त्रण आधुनिक राडार गनको प्रयोगले राजमार्गमा हुने सवारी साधनको अस्तव्यस्तता र दुर्घटनाबाट हुने धनजनको क्षति कम गर्न सघाउ पुग्ने विश्वास प्रनाउ पाण्डेको छ । 


    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij