२०८२, श्रावण २ गते

Jul 17 2025 | २०८२, श्रावण २ गते

बसन्त पञ्चमीको अवसरमा १५० जना विद्यार्थी पुरस्कृत

आइतवार , माघ २३, २०७८

भैरहवा, २३ माघ ।
प्रत्येक वर्ष माघ शुल्क पञ्चमीको दिन गरिने सरस्वती पूजा विधिपूर्वक मनाइएको छ । रूपन्देहीको ज्ञानज्योति इङ्गलिश बोर्डिङ्ग स्कुल बसन्तपुरले पनि माता सरस्वतीको पूजा आराधना गरी बसन्त पञ्चमी मनाएको हो ।

विद्यालयको वार्षिकोत्सव र बसन्त पन्चमीको अवसरमा विद्यार्थी, शिक्षक र अभिभावक लगायतले ज्ञानकी देबी सरस्वतीको पूजा आराधना गर्दै बंसन्त पञ्चमी मनाएको संस्थापक/प्रिन्सिपल मणिराज घिमिरेले बताए । सो अवसरमा विभिन्न विधामा उत्कृष्ट नतिजा ल्याएका एक सय ५० जना विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो भने विद्यालयका भाइस–प्रिन्सिपल दिपेन्द्र कुर्मी र सिनियर शिक्षक अञ्जली यादवलाई मायाको चिनोसहित सम्मान गरिएको संस्थापक/एकाउन्टेन्ट दुर्गा शर्मा घिमिरेले बताइन् ।

बसन्त पञ्चमी एवं विद्यालयको वार्षिकोत्सव समारोहमा व्यवस्थापन समिति अध्यक्ष विजय शर्मा लगायतले बसन्त पञ्चमी र सरस्वती पूजाको महत्व तथा ज्ञानज्योति इङ्गलिश बोर्डिङ्ग स्कुलले सो क्षेत्रको शैक्षिकस्तर सुधार्न खेलेको भूमिकाबारे प्रकाश पार्दै विद्यालयका संस्थापक लगायत शिक्षक, विद्यार्थी र अभिभावक समेतलाइ धन्यवाद दिएका थिए ।