
आइतवार , माघ २३, २०७८
असलम खान
भैरहवा, २३ माघ ।
महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मीहरुको प्रोत्साहन तथा सम्मान कार्यक्रम आइतबार सम्मरीमाईमा सम्पन्न भएको छ । असुरैना स्वास्थ्य चौकी सम्मरीमाई–६, असुरैनाको आयोजना तथा सम्मरीमाई गाउँपालिका ६ नम्बरको वडा कार्यालयको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई खादा ओढाइ नगदसहित प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो । त्यस्तै असुरैना स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी, इन्द्रेणी ग्रामीण विकास केन्द्रका अलाउद्दीन खान र सुआहाराका फिल्ड सुपरवाइजर शेषनाथ यादवलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु)ले गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको बताए । उनले स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन गर्दै जाने बताए । ‘विभिन्न कार्यक्रममार्फत स्वास्थ्यकर्मी तथा स्वयंसेविकालाई प्रोत्साहन गर्दै जानेछौ, ’उनले भने ।
त्यस्तै वडा नम्बर ६ का वडाअध्यक्ष सत्यनारायण केवट, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्सी प्रसाद माझी, अलाउद्दीन खान, जैस मोहम्मद, कार्यपालिका सदस्य दुर्गावती केवट, वडा सचिव बसन्त यादव लगायतले बोलेका थिए । निर्मला कार्कीको स्वागत मन्तव्य तथा असुरैना स्वास्थ्य चौकीका इञ्चार्ज सुखनन्दन पालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij