२०८२, कार्तिक २४ गते

Nov 10 2025 | २०८२, कार्तिक २४ गते

निर्वाचनबाट सरकार पन्छिन मिल्दैन : एमाले सचिव अर्याल

आइतवार , माघ २३, २०७८

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • बागलुङ, २३ माघ ।
    नेकपा (एमाले)का सचिव पद्ममा अर्यालले निर्वाचनबाट सरकार पन्छिन नमिल्ने बताएकी छन् । प्रेस चौतारी नेपाल, बागलुङद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उनले आवधिक निर्वाचन टार्न खोजिए त्यो लोकतन्त्रविरुद्ध हुने बताएकी हुन् ।

    उनले छिटो भन्दा छिटो स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न सरकारसँग माग गरिन् । “संविधान, कानुनले तोके अनुसार बेलैमा निर्वाचन हुनुपर्छ, स्थानीय तह पदाधिकारीविहीन स्थितिमा रहनसक्दैन, अर्को कुनै संरचनाले स्थानीय तहको अधिकार प्रयोग गर्न सक्ने परिकल्पना संविधानले गरेको छैन”, नेत्री अर्यालले भनिन् ।

    उनले संविधानको कार्यान्वयनमा कुनै पनि पक्षबाट आलटाल गरिए त्यो देशका लागि दुर्भाग्यपूर्ण हुने बताइन् । उनले भनिन्,“संविधानअनुसार देश चल्ने हो, हामीले संविधानलाई चलाउने होइन ।” रासस