२०८२, आश्विन ७ गते

Sep 23 2025 | २०८२, आश्विन ७ गते

पाल्पामा चिसोबाट एक जनाको मृत्यु

शनिवार , माघ २२, २०७८

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • पाल्पा, २२ माघ ।
    पाल्पाको तानसेनमा चिसोले एक जनाको मृत्यु भएको छ । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ रीठाको रुख निवासी ५२ वर्षीय गणेश परियारको चिसोले मृत्यु भएको हो । 

    तानसेन नगरपालिका–६ बसपार्क नजिकै घोप्टो परी बेहोस अवस्थामा स्थानीयवासीले देखेका थिए । परियार चिसोका कारण बेहोस भएर लडिरहेको अवस्थामा स्थानीयले प्रहरीलाई खबर गरी उद्धार गरिएको बताइएको छ ।

    अस्पतालमा लगिएका परियारलाई चिकित्सकले मृत्त घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मण पचभैयाले बताए । रासस