२०८२, फाल्गुण २४ गते

Mar 08 2026 | २०८२, फाल्गुण २४ गते

जनमत पार्टीद्वारा रुपन्देहीमा प्रधानमन्त्री र कृषिमन्त्रीको पुत्ला दहन

बिहिवार , माघ २०, २०७८

  • 2.9K
    Shares
  • 2.9K
    Shares
  • भैरहवा, २० माघ । 
    पार्टीले अघि सारेका मागहरु सम्बोधन गर्न सरकारले बेवास्ता गरेको भन्दै जनमत पार्टीले रुपन्देहीका विभिन्न स्थानमा प्रधानमन्त्री र कृषि मन्त्रीको पुत्ला दहन गरेको छ । जनमत पार्टी रुपन्देहीको आयोजनामा रुपन्देहीको धकधई, बनगाई  लगायतका स्थानमा प्रधानमन्त्री र कृषि मन्त्रीको पुत्ला दहन भएको हो । पुत्ला दलन कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । तर कसैलाई पक्राउ भने गरेको छैन । 

    जनमत पार्टीले किसानको माग सम्बोधन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने, समयमै मल र बिउको उपलब्ध हुुनुपर्ने, सिंचाईको व्यवस्था, सिंचाई नभएको ठाउंमा सिंचाईका लागि प्रयोग हुने विद्युत निःशुल्क, किसानलाई राहत, कृषि बालीको समर्थन मूल्य, उखु किसानको बक्यौता भुक्तानी, किसानलाई पेन्सन लगायतका माग सरकारसंग राखेको छ । 

    पार्टीले पुस १२ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई किसानका समस्या, नागरिकता समस्या लगायतका मागहरु समेटिएको ज्ञापनपत्र बुझाए पनि मागहरु सम्बोधन गर्नुको साटो आन्दोलनमा सरकारले दमन गरेको पार्टीका केन्द्रीय सचिव भोपेन्द्र प्रसाद यादवले बताए । पार्टीले लुम्बिनी प्रदेश सरकारलाई गत माघ १२ गते ज्ञापनपत्र बुझाएको थियो । माग पुरा नहुँदासम्म पार्टीले अनिश्चितकालीन मधेश आन्दोलन घोषणा गरेको छ ।