२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

उजिरसिंह रनिङ क्रिकेट प्रतियोगिता : बेष्ट्रन फाइनलमा

बुधवार , माघ १९, २०७८

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • बुटवल, १९ माघ ।
    उजिरसिंह रनिङ एकदिवसीय क्रिकेट प्रतियोगिता–२०७८ अन्तरगत बुधबार भएको दोस्रो फाइनल खेलमा जित निकाल्दै बेष्ट्रन क्रिकेट एकेडेमी फाइनलमा प्रवेश गरेको छ । महाबिर क्रिकेट क्लबमाथि १२ रनको जित निकाल्दै बेष्ट्रन क्रिकेट क्लब फाइनलमा प्रवेश गरेको हो । 

    उपाधिका लागि बाउन्नकोटीसंग बेष्ट्रन क्रिकेट क्लबले फाइनल खेल खेल्नेछ । बुटवल क्रिकेट विकास समितिको आयोजना तथा बुटवल उपमहानगरपालिका, नगर खेलकुद विकास समिति र रुपन्देही क्रिकेट संघको सहयोगमा जारी प्रतियोगिताको बुधबार भएको सेमिफाइनलमा टस जितेर ब्याटिङ रोज्दै मैदान प्रवेश गरेको बेष्ट्रनका ब्याट्सम्यान ३१ दशमलव २ ओभरमा सबै विकेट गुमाएर १ सय ६७ रनको लक्ष्य खडा गरेको थियो । उसका लागि प्रज्वल थापाले ३८ रन, भुवन पाण्डेले २४, सन्दिप सुनार १४ रनको योगदान दिएका थिए ।

    महाबिरका दिलसाद अलिले ४, रुपेश कुर्मी  जितेन्द्र साहनीले समान २–२ विकेट लिएका थिए । मध्यम लक्ष्य पछ्याएको महाबिरका ब्याट्सम्यानहरु ३०.२ ओभरमा सबै विकेट गुमाएर १ सय ५५ रनमा समेटियो । महाबिरका दुग्रेश गुप्ताले ४४, तिल बहादुर थापाले २६ रनको दोहोरो अंकबाहेक अन्य ब्याट्सम्यान क्रिजमा टिक्न सकेनन ।  

    सन्दिप सुनारले ३, अभिशेष गौतम र धिरज शाहीले समान २–२ विकेट लिएका थिए । म्यान अफ द म्याच बेष्ट्रन क्रिकेट क्लबका सन्दिप सुनार भए । 

    प्रतियोगितामा बेष्ट्रन क्रिकेट क्लब, बेष्ट्रन क्रिकेट एकेडेमी, बुटवल युथ स्र्पोटस क्लब, जिआर क्रिकेट एकेडेमी, न्यु होराइजन क्रिकेट क्लब, महाबिर क्रिकेट क्लब, बुटवल राईनोज क्रिकेट क्लब, बाउन्न कला क्रिकेट एकेडेमी, गोलर्पाक क्रिकेट क्लब र बुटवल ११ क्रिकेट क्लब गरी १० टिमले भाग लिएको समितिका सचिव पुनित पोखरेलले बताए ।