
बुधवार , माघ १९, २०७८
भैरहवा, १९ माघ ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमी सिद्धार्थनगर नगर कमिटीको प्रथम पूर्ण बैठक बुधबार भैरहवामा सम्पन्न भएको छ । नगर कमिटीका अध्यक्ष रोशन बहादुर थापाको अध्यक्षता तथा सचिव कृष्ण मल्ल ठकुरीको सञ्चालनमा भएको बैठकले विभिन्न निर्णय गरेको छ ।
बैठकले सिद्धार्थनगर नगरपालिका अन्तर्गतका १३ वटै वडामा कमिटी विस्तार गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले मदन भण्डारी स्पोर्ट्स एकेडेमी सिद्धार्थनगरका सदस्य प्रेम श्रीवास्तवको गतिविधि संस्थाको हितविपरीत देखिएकाले उनलाई साधारण सदस्य समेत नरहने गरी हटाउने निर्णय गरेको छ ।
बैठकमा बोल्दै समाजसेवी अर्जुन कुमार गिरीले मदन भण्डारी स्पोर्ट्स एकेडेमीले खेलकुदको क्षेत्रसंगै अन्य रचनात्मक कार्यहरुलाई अगाडी बढाउनुपर्ने बताए । उनले बढी भन्दा बढी खेलप्रेमीलाई संस्थाले जोड्नुपर्ने बताए ।
समाजसेवी तथा मदन भण्डारी स्पोर्ट्स एकेडेमी रुपन्देहीकी पूर्व सचिव लक्ष्मी थापाले रचनात्मक कार्यलाई निरन्तरता दिनुपर्ने बताइन् ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमी सिद्धार्थनगरका सदस्य विशाल श्रेष्ठले एकेडेमीले वडामा रहेका विपन्न परिवारलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा पनि कदम चाल्नुपर्ने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij