
मंगलवार , माघ १८, २०७८
काठमाडौं, १८ माघ ।
पछिल्लो २४ घण्टामा पाँच हजार ५८३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आठ हजार २६७ कोरोनाबाट मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ६७४ जनाको पीसीआर परीक्षण गरिएको थियो । निको हुने दर ९१ प्रतिशत रहेको छ । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ७४ हजार ६ सय ५३ पुगेको छ ।
९ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट नौ जनाको मृत्यु भएको छ । कोरोनाबाट हालसम्म ११ हजार ७५२ जनाको मृत्यु भएकोे छ । पाँच सय भन्दा बढी संक्रमित भएका जिल्लामा मोरङ, सुनसरी, झापा, धनुषा, सप्तरी, सिराहा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही, दाङ र कैलाली रहेका छन् । त्यस्तै २०० भन्दा बढी संक्रमित भएका १५ जिल्ला छन् । ती जिल्लामा पर्सा, बारा, महोत्तरी, सर्लाही, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, गोरखा, स्याङ्जा, बागलुङ, तनहुँ, पाल्पा, बर्दिया, सुर्खेत र कञ्चनपुर छन् । नेपालमा संक्रमण दर १८.३ प्रतिशत छ । हाल होम आइसोलेशनमा ७३ हजार १७८, संस्थागत आइसोलेशनमा एक हजार ४७५, आइसियुमा २७९ र भेन्टिलेटरमा ५० जनाको उपचार हुँदैछ ।
करिब ४ लाखले खोप लगाए
पछिल्लो २४ घण्टामा तीन लाख ९९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म कोरोना भाइरसविरुद्धको बुस्टर डोज लगाउनेको संख्या चार लाख चार हजार ३ सय ३३ पुगेको मन्त्रालयले जनाएको छ । रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij