
मंगलवार , माघ १८, २०७८
काठमाडौं, १८ माघ ।
गृहमन्त्री बालकृष्ण खाँणले संविधान र कानुनको पालना गर्ने दायित्वबाट सरकार पछि नहट्ने बताएका छन् । गृह मन्त्रालयमा नेपाल निजामती कर्मचारी युनियनले आज बुझाएको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री खाँणले कानुनको पालना गराउन सरकार प्रतिबद्ध रहेको बताए । यु्नियनले विभिन्न सरकारी कार्यालयमा काम गरिरहेका कर्मचारीमाथि कानुनविपरीतका कार्य भइरहेको भन्दै कारवाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
“सरकारको दायित्व संविधान र कानुनको पालना गर्नु हो,’ गृहमन्त्री खाणँले भन्ने “कानुन विपरीतका काम गर्नेलाई कारबाही हुन्छ, त्यसमा हामी अनुसन्धान गरिरहेका छौँ ।”उनले राष्ट्रसेवक कर्मचारीको मानमर्दन गर्ने काम कसैबाट हुन नहुने बताए । युनियनका केन्द्रीय अध्यक्ष गोपालप्रसाद पोखरेल नेतृत्वको टोलीले महोत्तरी, धनकुटा, कैलाली, बझाङ, पर्सा, सिन्धुपाल्चोक, सोलुखुम्बु लगायतका जिल्लामा राष्ट्रसेवक कर्मचारीमाथि भएका गैर न्यायिक घटनाका दोषीलाई कानुन अनुरुपको कारवाहीको माग गरेको थियो ।
डिभिजन वन कार्यालय पहलमानपुर कैलालीका सहायक वन अधिकृत विश्वराज पण्डि लगायतमाथि भएको दुव्र्यवहारको विरोध गर्दै युनियनले कारबाहीका लागि गृह मन्त्रीको ध्यानाकर्षण गराएको हो । “असहमतिका विषय भए छलफल र कानुनी रुपमा समाधान गर्न सकिनेमा कानुन नै हातमा लिएर भएका गैरन्यायिक कार्य उपर सरकारले शान्ति सुरक्षाका लागि आफ्नो दायित्व र कर्तव्य निर्वाह गर्ने प्रतिबद्धता व्यक्तिः गरोस्”, युनियनले गृहमन्त्रीलाई दिएको ज्ञापनपत्रमा उल्लेख छ । रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij