२०८२, श्रावण २० गते

Aug 05 2025 | २०८२, श्रावण २० गते

दाङका विद्यालय माघ मसान्तसम्म बन्द हुने

मंगलवार , माघ १८, २०७८

दाङ, १८ माघ ।
दाङका विद्यालय माघ मसान्तसम्म बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय दाङले सार्वजनिक सूचना जारी गरी माघ मसान्तसम्म भौतिक उपस्थितिमा विश्व विद्यालय, कलेज, ट्यूसन सेन्टर, तालिम वा अन्य कुनै पनि शैक्षिक क्रियाकलाप गर्न रोक लगाइएको छ ।

हायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले  कोभिड– १९ संकट व्यवस्थापन केन्द्रको निर्णय अनुसार  जिल्लामा कोरोनाको जोखिम कायम भएको हुँदा माघ मसान्तसम्म भीडभाडजन्य  कार्यमा रोक लगाएको जानकारी दिइन् । त्यस्तै डान्सबार, सिनेमा घर, नाच घर, हेल्थ क्लब, जिमखाना, स्वीमिङ पुल, फुटसल, पटके हाटबजारमा समेत रोक लगाइएको छ । 

यसैबीच तुलसीपुर उपमहानरपालिकाको जनस्वास्थ्य प्रवद्र्धन शाखाले सोमबार सो उपमहानगरपालिका क्षेत्रभित्रका  विभिन्न विद्यालयमा अध्ययनरत ९ हजार ५२ जना विद्यार्थीलाई कोरोना विरुद्धको मोडर्ना खोप प्रदान गरेको छ ।

जनस्वास्थ्य प्रवद्र्धन शाखाका कोभिड फोकल पर्सन बिमल केसीका अनुसार १८ वटा वडामा रहेका विद्यालयमा  २१ वटा खोप केन्द्रबाट ६ हजार ७ सय ६३ छात्रा र ४ हजार ३ सय ८९ जना छात्रगरी कूल ९ हजार ५२ जनालाई खोप प्रदान गरिएको हो । 

१२ वर्षदेखि १७ वर्षसम्म उमेर समूहका विद्यार्थीलाई विद्यालयमै खोप दिइरहेको र केसीले जानकारी दिए । कोरोना खोपसँगै विद्यालयका किशोरीलाई आइरन फोलिक एसिड चक्की खुवाउने कार्यक्रम पनि जारी रहेको छ । सो चक्कीले रक्तअल्पताबाट जोगाउन मद्दत गर्दछ । हरेक किशोरीले हप्तामा एक चक्की वर्षमा १३ हप्तासम्म खानुपर्ने उनी बताउँछन् । रासस