
सोमवार , माघ १७, २०७८
बुटवल, १७ माघ ।
लाफा समुह बुटवलले माघ तेस्रो साताबाट गर्ने तयारी गरेको ‘लाफा’ बी लेभल पुरुष तथा भेट्रान ब्याडमिन्टन प्रतियोगिता २०७८ स्थगित गरेको छ । कोभिड–१९ को तेस्रो संक्रमण (ओमिक्रोन भेरियन्ट) बढ्दै गएपछि समुहले निर्धारित समयमा नगर्ने र हाललाई स्थगित गर्ने निर्णयमा पुगेको हो ।
समुहको सोमबार बसेको बैठकले हाललाई प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको प्रतियोगिताका संयोजक तथा समुहका उपाध्यक्ष बबिन थापाले जानकारी दिए ।
त्यस्तै कोभिड–१९ संक्रमणको परिस्थिति र सरकारको कोभिड संक्रमण सम्बन्धि नयाँ निर्णय अनुसार प्रतियोगिताको नयाँ मिति तय गर्ने समुहका अध्यक्ष तारा रेश्मीमगर जानकारी दिए ।
समुहले माघको २२ र २३ गते २ दिने लाफा बी लेभल पुरुष तथा भेट्रान ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो ।
लगातार ३ वर्षसम्म राष्ट्रिय लेभलको ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्दै आएको समुहले यस वर्ष स्थानीयस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ बी लेभलको प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij