२०८३, बैशाख २३ गते

May 06 2026 | २०८३, बैशाख २३ गते

सत्ता गठबन्धन स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने षड्यन्त्रमा : गोकर्ण विष्ट

शुक्रवार , माघ १४, २०७८

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • भैरहवा, १४ माघ ।
    नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव गोकर्ण विष्टले यतिबेला सरकारमा सामेल पार्टीहरु संविधान र कानुनको अपव्याख्या गर्दै स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने षड्यन्त्रमा तल्लिन भएको आरोप लगाएका छन् । 

    शुक्रबार नेता विष्टले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘निर्वाचन आयोगले आगामी वैशाख महिनाभित्रै सम्पन्न गर्ने गरी निर्वाचनको मिति घोषणा गर्न पटकपटक सरकारको ध्यान आकृष्ट गरिरहेकै बेला सत्ता गठबन्धन भने लोकतान्त्रिक अभ्यासको बर्खिलापमा चुनाव टार्ने प्रपञ्च गरिरहेको छ । ’

    आगामी स्थानीय तहको निर्वाचनमा प्राप्त हुन सक्ने परिणामबाट तर्सिएर चुनाव नै सार्न जालझेल रच्ने पार्टीहरुबाट संविधान, लोकतन्त्र र जनादेशको संरक्षण हुन नसक्ने उनको भनाइ छ । पूर्वमन्त्री समेत रहेका विष्टले भनेका छन्, ‘लोकतान्त्रिक अभ्यासबाट नभाग । संविधानको कार्यान्वयन गर । अविलम्ब स्थानीय तहको निर्वाचनको मिति घोषणा गर ।’