२०८२, कार्तिक २४ गते

Nov 10 2025 | २०८२, कार्तिक २४ गते

संविधानको रक्षक बन्ने लुम्बिनीबाट नवनिर्वाचित राष्ट्रियसभा सदस्यहरुको प्रतिवद्धता

बिहिवार , माघ १३, २०७८

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • बुुटवल, १३ माघ । 
    लुम्बिनी प्रदेशबाट निर्वाचित राष्ट्रियसभा सदस्यहरुले जनताको हितलाई शिरमा राखेर काम गर्ने प्रतिवद्धता जनाएका छन । नेकपा (एकीकृत समाजवादी) रुपन्देहीले गठबन्धनबाट विजयी उम्मेदवारलाई बिहीबार बुटवलमा आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा बोल्दै विजयी राष्ट्रियसभाका सदस्यहरुले संविधानको रक्षा गर्दै जनताको हितलाई सर्वोपरी मानेर काम गर्ने प्रतिवद्धता जनाएका हुन । 

    नेकपा एकीकृत समाजवादीका तर्फबाट विजयी राजेन्द्रलक्ष्मी गैरैले जनता र संविधान रक्षामा लाग्ने बताइन् । राष्ट्रिय जनमोर्चाका तर्फबाट विजयी भएका तुलप्रसाद विश्वकर्माले संविधान, संसद, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी समानुपातिक प्रतिनिधित्वलाई समाप्त गर्ने शक्तिलाई राष्ट्रियसभाको निर्वाचनले परास्त गरेको बताए । 

    नेपाली काँग्रेसका तर्फबाट विजयी भएका युवराज शर्मा भने बाँकेमा भएकाले कार्यक्रममा सहभागी थिएनन् । लुम्बिनी प्रदेशमा बुधबार भएको निर्वाचनमा पाँच दलीय गठबन्धनका तीनै जना उम्मेदपवर विजयी भएका थिए ।