२०८२, कार्तिक २४ गते

Nov 10 2025 | २०८२, कार्तिक २४ गते

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

बिहिवार , माघ १३, २०७८

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • काठमाडौं, १३ माघ ।
    सतारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहीबार एक विज्ञप्ति जारी बैठक भोलि दिउँसो ३ बजे भर्चुअल माध्यमबाट बस्न लागेको जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिको गठनको कार्यसूची रहेको मुख्यसचिव पौडेलले बताए ।

    बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यलाई सहभागिताका लागि निर्देशानुसार अनुरोध समेत गरिएको छ । भर्चुअल बैठकको लिंक एसएमएसमार्फत प्राप्त गर्न सकिने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।