२०८२, पौष २८ गते

Jan 12 2026 | २०८२, पौष २८ गते

भेरी अस्पतालमा दुई सङ्क्रमितको मृत्यु

बिहिवार , माघ १३, २०७८

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा १२ घण्टाभित्रमा दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ। 

    अस्पतालमा उपचाररत बर्दियाका ७१ वर्षीय सङ्क्रमित पुरुषको मृत्यु भएको १२ घण्टाभित्रै कालिकोटका १६ वर्षीय बालकको भेरी अस्पतालमा मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए।

    उनका अनुसार मधुवन नगरपालिका वडा नं ६ निवासी ७१ वर्षीय पुरुषको उपचारका क्रममा मङ्गलवार राती १०ः३० बजे मृत्यु भएको थियो ।

    भेरी अस्पतालमा यही माघ १० गते पिसिआर परिक्षण गर्दा उनलाई कोरोना पोजेटिभ भएपछि सोही दिन भर्ना गरिएको थियो। यस्तै कालिकोट शुभकालिका वडा नं ५ निवासी १६ वर्षीय बालकको भेरी अस्पतालमा बुधबार बिहान ११ः१५ बजे मृत्यु भएको छ।

    यही माघ ४ गते पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभपछि भोलीपल्ट भेरी अस्पतालमा भर्ना गरिएकामा उपचारकै क्रममा बुधबार बिहान मृत्यु भएको स्रोत व्यक्ति वलीले बताए।