२०८२, श्रावण १६ गते

Aug 01 2025 | २०८२, श्रावण १६ गते

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य

मंगलवार , माघ ११, २०७८

काठमाडौं, ११ माघ ।
कोरोना संक्रमण भएपछि विगत चार दिनदेखि आफ्नै निवास भक्तपुरको बालकोटमा आराम गरिरहेका नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । 

सो पार्टीको केन्द्रीय कार्यालयका सचिव डा. भीष्मराज अधिकारीले मंगलबार विज्ञप्ति जारी गरी अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाप्रति चासो राखेर स्वास्थ्य लाभको कामना गर्ने सम्बन्धित सबैमा धन्यवाद दिएका छन् ।