२०८२, कार्तिक २४ गते

Nov 10 2025 | २०८२, कार्तिक २४ गते

राप्रपाको चार प्रदेशमा भेला सम्पन्न

आइतवार , माघ ९, २०७८

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • काठमाडौं, ९ माघ ।
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चार प्रदेशमा प्रादेशिक भेला सम्पन्न गरेको छ । पार्टीले हालै प्रदेशस्तरीय भेलाका क्रममा लुम्बिनी, गण्डकी, सुदूरपश्चिम र प्रदेश नम्बर २ (हालै मधेस प्रदेश नामकरण) मा राजनीतिक गतिविधि सञ्चालन गरको वरिष्ठ नेता राजाराम श्रेष्ठले जानकारी दिए । 

    पछिल्लो समय बढदै गरेको कोराना संक्रमणका कारण बाँकी तीन प्रदेशमा अहिलेलाई भेला तथा भीडभाड हुने राजनीतिक कार्यक्रम स्थगन गरेको पार्टीले स्थानीय तहको समयावधि सकिन लागेको अहिलेका अवस्थामा नयाँ निर्वाचनअगावै प्रदेश, जिल्ला, क्षेत्र, नगर, वडास्तरसम्म संगठन सुदृढीकरणका लागि योजना बनाएको थियो । 

    गत मंसिमा सम्पन्न पार्टीको महाधिवेशनबाट राजेन्द्र लिङ्देनको नेतृत्वमा निर्वाचित कार्यसमितिले कोराना संक्रमण न्यूनीकरण हुनेबित्तिकै भेला तथा संगठन विस्तारका अभियान सञ्चालन गर्ने जनाएको छ । 

    पार्टीले संसदीय समिति, निर्देशन समिति, योजना तथा अनुगमन लगायत समिति तथा ४० भन्दा बढी विभाग गठन गर्न बाँकी छ । पार्टीले विधानबाट हिन्दू राष्ट्र र संवैधानिक राजसंस्थाको विषय हटाउन हालै निर्वाचन आयोगले दिएको सुझावमा नेता श्रेष्ठले भने, “कुन राजनीतिक दलले कुन सिद्धान्त अवलम्बन गर्ने भन्ने विषय नितान्त पार्टीको हुनुपर्छ, त्यो विचारलाई चुनावमा जनताले अनुमोदन गर्ने वा नगर्ने निर्णय गर्छन् ।” रासस