images

शनिवार, बैशाख १५ गते २०८१

एमालेको आन्तरिक सर्कुलर : २५ जना बढी सहभागी हुने सबै कार्यक्रम रोक्नू

एमालेको आन्तरिक सर्कुलर : २५ जना बढी सहभागी हुने सबै कार्यक्रम रोक्नू

images
images
images
मंगलवार, माघ ४ २०७८
मंगलवार, माघ ४ २०७८
  • एमालेको आन्तरिक सर्कुलर : २५ जना बढी सहभागी हुने सबै कार्यक्रम रोक्नू

    काठमाडौं, ३ माघ ।
    नेकपा (एमाले) कोभिड–१९ संक्रमणलाई ध्यानमा राखी २५ जना भन्दा बढीको उपस्थिति रहने गरी पार्टी तथा जनसंगठनका कार्यक्रमलाई स्थगित गर्न निर्देशन दिएको छ । 

    images

    पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्मनाथ अधिकारीले सोमबार प्रदेश र सबै जिल्ला कार्यालयलाई आन्तरिक सर्कुलर जारी गर्दै कोरोना भाइरसको महामारीलाई दृष्टिगत गर्दै कोभिड–१९ को तेस्रो लहरसम्बन्धी सरकारद्वारा जारी गरिएको स्वास्थ्य मापदण्डलाई पालना गरी कार्यालय सञ्चालन गर्नसमेत निर्देशन दिएका छन् ।

    त्यस्तै पार्टीका आन्तरिक बैठक, भेला, छलफलजस्ता कार्यक्रम आवश्यक सतर्कता अपनाउँदै आयोजना गर्न र पार्टीका स्थानीय कमिटी, नेता–कार्यकर्ता र जनप्रतिनिधि कोभिड–१९ को महामारीविरुद्ध आवश्यक सतर्कता अपनाउँदै जनताको सेवामा सक्रिय रहन पनि सर्कुलरमा भनिएको छ । रासस

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij