images

शुक्रवार, बैशाख १४ गते २०८१

कोरोना जोखिमको सामना गर्न लुम्बिनी तयार छ, जिवनरक्षा गर्छौं : मुख्यमन्त्री केसी

कोरोना जोखिमको सामना गर्न लुम्बिनी तयार छ, जिवनरक्षा गर्छौं : मुख्यमन्त्री केसी

images
images
images
सोमवार, माघ ३ २०७८
सोमवार, माघ ३ २०७८
  • कोरोना जोखिमको सामना गर्न लुम्बिनी तयार छ, जिवनरक्षा गर्छौं : मुख्यमन्त्री केसी

    बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले कोरोना महामारी आईरहेको अवस्थामा प्रदेशबासीको विपतमा जनताको रक्षा र कोरोना नियन्त्रणका लागि प्रदेश सरकार तयार रहेको बताएका छन। उनले जोखिमको सामना गर्न तयार रहेको बताउदै जिवनरक्षा गर्ने प्रतिवद्धता ब्यक्त गरे।

    images

    प्रधानमन्त्री शेरबहादुर देउवा लगायत संघीय सरोकारवाला निकायसँग छलफल गर्दै भर्चअल बैठकमा बोल्दै मुख्यमन्त्री केसिले प्रदेश सरकारले जनउत्तरदायित्व काम गरिरहेको बताए। उनले भारतबाट नेपाल आउने नाकाको हिसाबले लुम्बिनी प्रदेश मिनि नेपाल भएको बताउँदै जनताको जीवन रक्षाको लागि सम्पुर्ण तयारी अवस्थामा रहेको बताए।

    कोरोना नियन्त्रणका लागि बेलहिया नाका, कृष्णनगर र नेपालगञ्जमा होल्ड सेन्टर स्थापना गरी अगाडि बढाउनको लागि प्रदेश सरकारले आवश्यक तयारी गर्न लागेको बताए। उनले चुनौति अझै थपिदै जानसक्ने बताउदै बजेट तथा सामाग्री थप सहयोग गर्नका लागि संघीय सरकारलाई प्रधामन्त्री मार्फत अनुरोध समेत गरेका थिए।

    मुख्यमन्त्री केसिले प्रदेशमा सबै राजनीतिक दल, सरोकारवाला निकायहरुलाई कोरोना नियन्त्रणका लागि आवश्यक समन्वय गरी अगाडी बढेको बताउदै आवश्यक सहयोग गर्न सबै प्रदेशबासिलाई अनुरोध समेत गरेका छन। मुख्यमन्त्री केसिले कोरोनाले तराइको जिल्लाहरु बढी प्रभावित रहेको र विपतका हिसावले बुटवल, दाङ, गुल्मी, प्यूठान रोल्पा पूर्वी रुकुम लगायत पहाडी जिल्लाहरु रहेकोले कोरोनासँगै अब गर्मियाममा हुने आगलागी र वर्षा याममा हुने बाढी पहिरो नियन्त्रणका लागि पनि ध्यान दिनु पर्ने बताएका थिए।

    भर्चुअल बैठकमा प्रधामन्त्री शेरबहादुर देउवाले हालको सरकारको पहिलो कार्यभार भनेको जनताको स्वास्थ्य बचाउने भएकोले सबै प्रदेशमा त्यसरी नै काम गर्नका लागि निर्देशन दिएको मुख्यमन्त्री केसिका प्रेस संयोजक मान सिह बिकले जानकारी दिए। बैठकमा प्रमुख सचिव डिल्लीराम शर्मा, स्वास्थ्य सचिव डा. विकास देवकोटा, सचिव नरेन्द्र राना, मुख्यमन्त्रीका नीजि सचिव कमानसिंह थापा लगायतको सहभागीता रहेको थियो ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij