images

शुक्रवार, बैशाख ७ गते २०८१

उपेक्षित समुदायले अधिकारको अनुभूति नगरेसम्म मुलुक समृद्ध हुन सक्दैन : उपेन्द्र यादव

उपेक्षित समुदायले अधिकारको अनुभूति नगरेसम्म मुलुक समृद्ध हुन सक्दैन : उपेन्द्र यादव

images
images
images
आइतवार, माघ २ २०७८
आइतवार, माघ २ २०७८
  • उपेक्षित समुदायले अधिकारको अनुभूति नगरेसम्म मुलुक समृद्ध हुन सक्दैन : उपेन्द्र यादव

    जनकपुर, २ माघ ।
    जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले उपेक्षित समुदायले अधिकारको अनुभूति नगरेसम्म मुलुक सम्बृद्ध हुन नसक्ने बताएका छन् । जनता समाजवादी पार्टी धनुषाले मुखियापट्टीस्थित बैरिया बजारमा आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले मुलुकलाई सुन्दर र सम्बृद्ध बनाउन सबै वर्ग र समुदायको राज्यमा अपनत्वको भावना जागृत हुनुपर्ने बताए ।

    images
    images
    images

    मुलुकमा शोषित, उपेक्षित मधेशी, जनजाति, मुस्लिम महिलालाई हकअधिकार दिलाउन अझै संघर्ष जारी राखेको उल्लेख गर्नुहुँदै अध्यक्ष यादवले ती समुदायलाई अधिकार दिलाई छाड्ने प्रतिबद्धता व्यक्त गरे । 

    भौतिक, पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले वषौँदेखि विभेदमा रहेको मधेसीहरू मधेश आन्दोलनकै कारण सम्मान पूर्वक जीवनयापन गर्न थालेको बताइन् । मधेश आन्दोलनकै कारण शोषित वर्ग राज्यका हरेक अंगमा आरक्षण पाएको उल्लेख गर्दै जसपाका नेतृसमेत रहेकी मन्त्री यादवले मधेशी, जनजाती, दलित, महिला लगायत उत्पीडित समुदायलाई आफ्नो पार्टीले मात्र अधिकार दिलाउने सक्ने दावी गरिन् । रासस

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij