२०८२, आश्विन ३ गते

Sep 19 2025 | २०८२, आश्विन ३ गते

एमालेको अनुशासन आयोगमा सम्पत्ति विवरण बुझाउन निर्देशन

शुक्रवार , पौष ३०, २०७८

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • काठमाडौं, ३० पुस ।
    नेकपा (एमाले)को केन्द्रीय अनुशासन आयोगले पार्टीको केन्द्रीय कमिटी, निकाय, संघीय सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख–उपप्रमुखलाई आफ्नो व्यक्तिगत सम्पत्ति विवरण भरेर अनिवार्य रूपमा बुझाउन निर्देशन दिएको छ ।

    आयोगका अध्यक्ष केशव बडालद्वारा जारी गरिएको अन्तरपार्टी निर्देशन–१ मा पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनबाट पारित विधानको धारा ७९ र आयोगको कार्यसम्पादन नियमावलीको नियम ६ बमोजिम पार्टीबाट निर्वाचित गाउँपालिकाका अध्यक्ष र

    उपाध्यक्ष समेतलाई यही पुस १४ गतेदेखि गणना हुने गरी ६० दिनभित्र आयोगसमक्ष उक्त विवरण पेश गर्न निर्देशन दिइएको हो ।
    आयोेगले पार्टीभित्र अनुशासन पालनाका लागि आचारसंहिताको मस्यौदा पनि तयार गरिरहेको छ । आयोगका सचिव भरत पहारीद्वारा तयार गरिएको सो मस्यौदामाथि थप छलफल गरेर पारित गरिने जनाइएको छ । रासस