images

शुक्रवार, बैशाख ७ गते २०८१

सिद्धार्थनगरका दुई जनप्रतिनिधिमा कोरोना संक्रमण

सिद्धार्थनगरका दुई जनप्रतिनिधिमा कोरोना संक्रमण

images
images
images
शुक्रवार, पौष ३० २०७८
शुक्रवार, पौष ३० २०७८
  • सिद्धार्थनगरका दुई जनप्रतिनिधिमा कोरोना संक्रमण

    भैरहवा, ३० पुस ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका दुई जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएको छ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ का वडासदस्य उमेश थापा लाटोमगर र वडा नम्बर १२ का सदस्य सरोज ठकुरीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

    images
    images
    images

    ४७ वर्षिय मगर सिद्धार्थनगर नगरपालिकाका न्यायीक समिति सदस्य समेत हुन् । पुस २६ गते सांझदेखि हल्का ज्वरो, रुघाखोकी, शरीरमा दुखाई, आलस्यपन जस्ता लक्षण देखिएपछि पीसीआर परीक्षण गराउँदा कोरोना रिपोर्ट पोजेटिभ आएको उनले बताए । भैरहवाको नारायणपथमा रेनबो कलर हाउस समेत सञ्चालन गर्दै आएका मगरले भने, कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएपछि होम क्वारेन्टिनमै बसे । ’

    सामान्य रुघाखोकी र ज्वरो त हो भनेर वेवास्ता तथा हेल्चेक्रयाई नगर्न उनको सुझाव छ ।  उनले भने, ‘रुघाखोकी लागेपछि सचेत भइ क्वारेन्टिनमा बस्नुपर्छ, ३/४ दिनसम्म निको नभए कोरोना परीक्षण गरी आफू पनि सुरक्षित अरुलाई पनि सुरक्षित राख्नुपर्छ । तर कोरोना पोजेटिभ देखिए हतोत्साहित भने हुनुहुँदैन ।’

    ३१ वर्षिय ठकुरीले मंगलबारदेखि रुघाखोकी तथा शरीर दुःखेको बताए । उनले भने, ‘रुघाखोकी र शरीर दुःखेपछि कोरोना परीक्षण गर्दा बिहीबार पोजेटिभ देखियो, रुघाखोकी त हो भनेर वेवास्ता र हेलचेक्रयाई नगर्नुहोला । बेलामा नै जाँच गरी आफू पनि सुरक्षित रहौं अरुलाई पनि सुरक्षित राखौं ।’ अवस्था सामान्य रहेकोले आफू होम क्वारेन्टिनमा रहेको ठकुरीले जानकारी दिए ।

    ठकुरी र मगर गत स्थानीय तहको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट वडा सदस्यमा निर्वाचित भएका थिए ।

     



    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij