२०८२, कार्तिक २४ गते

Nov 10 2025 | २०८२, कार्तिक २४ गते

विभिन्न कार्यक्रम गरी राप्रपा रुपन्देहीले मनायो पृथ्वीजयन्ती

बुधवार , पौष २८, २०७८

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • भैरहवा, २८ पुस ।
    प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०० औं जन्मजयन्ती विभिन्न कार्यक्रम आयोजना गरी मंगलबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीले मनाएको छ ।

    राप्रपा जिल्ला कार्यसमिति, रुपन्देहीले भैरहवास्थित पार्टी कार्यालयमा कार्यक्रम गरी पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको कार्यक्रम संयोजक तथा पार्टीका रुपन्देही जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ताले बताए । 

    राप्रपा रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणाको अध्यक्षता, पार्टीका केन्द्रीय सदस्य ध्रुब रायममाझीको प्रमुख आतिथ्यता, लुम्बिनी प्रदेश सचिव राजन अधिकारी, प्रवक्ता दीपक पाण्डे, पूर्व केन्द्रीय सदस्य कैलाश गुरुङको विशिष्ट आतिथ्यता, प्रदेश सदस्यद्वय सब्बिर पठान, विश्व प्रकाश श्रेष्ठ लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रमको सञ्चालन जिल्ला सचिव बलराम शर्माले गरेका थिए । कार्यक्रममा शुद्धोधन गाउँपालिकाका चुडामणि पाण्डे राप्रपामा प्रवेश गरेका थिए ।

    271390354_892059101499594_5083784608553127209_n.jpg

    त्यस्तै बुटवलमा बाजागाजा, झाँकीसहित रथ यात्रा, नगर परिक्रमा  भैरहवामा पार्टी निकट महिला संगठनद्वारा बुद्ध चोकमा दीप प्रज्ज्वलन, देवदहमा नगर समितिद्वारा कार्यक्रम गरी बुद्ध जयन्ती मनाइएको राप्रपा रुपन्देहीले जनाएको छ ।

    270453083_6714742268596846_298091195672455837_n.jpg

    271204674_453187569780093_4807719606863477790_n.jpg269872751_631111968166669_6271640292176801953_n.jpg