२०८२, कार्तिक २४ गते

Nov 10 2025 | २०८२, कार्तिक २४ गते

एमाले प्रदेश अधिवेशन सर्‍यो

मंगलवार , पौष २७, २०७८

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • काठमाडौं, २७ पुस ।
    नेकपा (एमाले)को प्रदेश अधिवेशन सरेको छ । कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमका कारण आगामी माघ ८ गते तोकिएको प्रदेश अधिवेशन माघ २८ र २९ गते सरेको एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । 

    एमालेले यही पुस २३ गते ६१ जिल्लाको अधिवेशन सम्पन्न गरेको छ भने १६ जिल्लाको अधिवेशन बाँकी छ ।

    कोरोना भाइरस संक्रमणको बढ्दो जोखिम र सोही कारण सरकारले आजदेखि २५ जनाभन्दा बढी मानिस जम्मा गरेर कुनै पनि सभा, सम्मेलन, गोष्ठी नगर्न गरेको आग्रहलाई ध्यानमा राखेर अधिवेशन सारिएको एमालेले जनाएको छ । रासस