images

शुक्रवार, चैत्र १६ गते २०८०

उजिरसिंह रनिङ क्रिकेट प्रतियोगिता : वेष्ट्रन क्रिकेट विजयी 

उजिरसिंह रनिङ क्रिकेट प्रतियोगिता : वेष्ट्रन क्रिकेट विजयी 

images
images
images
सोमवार, पौष २६ २०७८
सोमवार, पौष २६ २०७८
  • उजिरसिंह रनिङ क्रिकेट प्रतियोगिता : वेष्ट्रन क्रिकेट विजयी 

    बुटवल, २६ पुस ।
    बुटवलमा जारी उजिरसिंह रनिङ एकदिवसीय क्रिकेट प्रतियोगिता २०७८ अन्तर्गत सोमबारको खेलमा बेष्ट्रन क्रिकेट क्लब विजयी भएको छ । बेष्ट्रन क्रिकेट क्लबले बुटवल युथ क्लबमाथि २८ रनले जित निकालेको हो । 

    बुटवल क्रिकेट विकास समितिको आयोजना तथा बुटवल उपमहानगरपालिका र नगर खेलकुद विकास समिति रुपन्देही क्रिकेट संघको सहयोगमा बुटवल नरेश्वर क्रिकेट मैदानमा भएको खेलमा बुटवल युथले टस जितेर फिल्डिङ रोज्दै ब्याटिङको निम्तो दिएपछि बेष्ट्रन क्रिकेट क्लबले ३०.३ ओभरमा १ सय ५३ रनको लक्ष्य खडा गरेको थियो । उसका लागि राहुल वि.क.ले आफनो अर्धशतकीय पारी खेलेका थिए । त्यसै गरी अजय कौशिल्याले ४५ रन जोडेका थिए । 

    बुटवल युथका विनित अधिकारीले ४, सन्तोष र पोषण सुवेदीले समान २–२ विकेट लिएका थिए । मध्यम लक्ष्य पछ्याएको बुटवल युथका ब्याट्सम्यानहरु ३०.३ ओभर खेल्दै १ सय २५ रनमा अलआउट भए । बुटवलका सोयकट विश्वास र पोषण सुवेदीले समान २४ रनको योगदान दिए पनि त्यो जितका लागि पर्याप्त भएन । वेष्ट्रनका अभिषेक गौतमले ४ र राहुल वि.क.ले ३ विकेट लिएका थिए । खेलमा वेष्ट्रनका राहुल बिक म्याच अफ दी म्याचबाट पुरस्कृत भए । मंगलबार बुटवल गोलपार्क क्रिकेट क्लब र बाउन्नकला क्रिकेट एकेडेमीबीच तेस्रो खेल हुने खेल संयोजक राजु राना बताए । प्रतियोगितामा १० टिमले भाग लिएका छन ।

    images
    images
    images

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij