images

बुधवार, बैशाख २६ गते २०८१

सर्वाधिक पुरस्कारको स्नुकर प्रतियोगिता हुने

सर्वाधिक पुरस्कारको स्नुकर प्रतियोगिता हुने

images
images
images
सोमवार, पौष २६ २०७८
सोमवार, पौष २६ २०७८
  • सर्वाधिक पुरस्कारको स्नुकर प्रतियोगिता हुने

    बुटवल, २६ पुस । 
    बुटवलमा हालसम्मकै सबैभन्दा ठूलो धनराशि पुरस्कारको स्नुकर प्रतियोगिता हुने भएको छ । बुटवल अमरपथको सिंह कम्प्लेक्समा संचालित खस्यौली स्नुकर क्लबको आयोजनामा आगामी फागुन ९ गतेदेखि खुल्ला राट्रिय सिंह कप स्नुकर प्रतियोगिता हुन लागेको हो । 

    images
    images
    images

    प्रतियोगितामा ७ वटै प्रदेशका प्रमुख शहरहरुबाट कम्तीमा १२८ जना खेलाडी सहभागी  हुने प्रतियोगिताका संयोजक एवं खस्यौली स्नुकर क्लबका सञ्चालक सुजन पुनले बताए । खस्यौली स्नुकर क्लबमा सञ्चालन हुने प्रतियोगिताको विजेताले २ लाख २२ हजार २ सय २२ रुपैयाँ, दोस्रो हुनेले १ लाख ११ हजार १११, हाइएस्ट ब्रेकर (८० भन्दा माथि) ले ५५ हजार ५ सय ५५ र उदियमान खेलाडीले १० हजार पुरस्कार पाउने छन् । त्यस्तै १४७ ब्रेक गर्ने खेलाडीले ५ लाख ५५ हजार ५५५ पाउने छन् ।  हालसम्म नेपालमा १३१ ब्रेक गरेको इतिहास छ । प्रथम पुरस्कारको प्रायोजन सिंह कम्प्लेक्सले गरेको छ ।

    नेपाल बिलियार्ड स्नुकर संघका केन्द्रिय सदस्य एवं रुपन्देही पुल तथा स्नुकर संघका संस्थापक अध्यक्ष हरि क्षेत्री र मुख्य प्रायोजक सिंह कम्प्लेक्सका प्रबन्ध निर्देशक प्रत्युशमान सिंहले हालसम्मकै ठूलो पुरस्कार राशीको प्रतियोगिता बुटवलमा हुनु बुटवलको मात्र नभई लुम्बिनी प्रदेशकै गौरव भएकले यसलाई सफल बनाउन सबैको सहयोग आवश्यक पर्ने बताए । क्षेत्रीले हाइएस्ट ब्रेकरले पाउने  नगद पुरस्कार ५५ हजार ५ सय ५५ रुपैयां आफूले प्रायोजन गर्ने घोषणा गरे ।

    कोरोना संक्रमणको जोखिमबाट बच्न स्वास्थ्य मापदण्ड पालना गरेर प्रतियोगिता सञ्चालन गर्ने आयोजकले जनाए । 
    प्रतियोगितामा नाम दर्ताका लागि २५ सय रुपैयाँ शुल्क तोकिएको र जिल्ला बाहिरका खेलाडीलाई आवास र खानाको व्यवस्था आयोजकले गरेको खस्यौली स्नुकर क्लबका सञ्चालक गणेश घिमिरेले बताए । रुपन्देही पुल तथा स्नुकर संघका सचिव शिव रानाले स्नूकर प्रतियोगिताले धेरै युवालाई कुलतमा लाग्नबाट जोगाएको बताए । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij