२०८२, कार्तिक २४ गते

Nov 10 2025 | २०८२, कार्तिक २४ गते

एकीकृत समाजवादी निकट युवा संघ सिद्धार्थनगर–२ को भेला

आइतवार , पौष २५, २०७८

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • भैरहवा, २५ पुस ।
    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को भातृ संगठन युवा संघ सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ को वडा भेला सम्पन्न भएको छ । भेलाले भरत रानाको अध्यक्षतामा २१ सदस्यीय युवा संघ वडा कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा कैलाश कुर्मी, सचिवमा रञ्जन गुप्ता, उप–सचिवमा सिद्धार्थ गैरे र संजय केवट रहेका छन् । 

    कार्यक्रममा बोल्दै पार्टी जिल्ला कमिटी सचिवालय सदस्य तथा सिद्धार्थनगर इञ्चार्ज तारापति भण्डारीले युवाहरुको काँधमा ठूलो जिम्मेवारी रहेको भन्दै समाजिक र राजनीतिक जीवनलाई सँगसँगै अगाडि बढाउनु पर्ने बताए ।
     
    उनले समाजमा रहेका विकृति, विसंगतीविरुद्ध काम गर्न निर्देशन दिँदै वडा र नगरमा पार्टीलाई बलियो बनाउन आग्रह गरे । उनले भने, ‘तपाईंहरुको सक्रियताले नै पार्टी बलियो बन्ने हो । यहाँहरुले इमान्दारीपूर्वक काम गर्नु हुनेछ भन्ने पार्टीले विश्वास लिएको छ ।’
     
    युवा संघका केन्द्रिय सदस्य एवं पार्टी सिद्धार्थनगर सचिव समिर खान र युवा संघ नगर अध्यक्ष नितेश जानन्धरले नगरका सबै वडामा कमिटी गठन गरी पार्टी निर्माणमा लाग्न आग्रह गरे । उनीहरुले सामाजिक रुपान्तरणका क्षेत्रमा युवा पुस्ता सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए ।
     
    कार्यक्रममा नवनिर्वाचित वडा कमिटी पदाधिकारी तथा सदस्यहरुलाई केन्द्रिय सदस्य खानले सपथ ग्रहण गराएका थिए । कार्यक्रमको सञ्चालन युवा संघ नगर सचिव ज्ञानु खतिवडाले गरेका थिए ।