२०८३, बैशाख २३ गते

May 06 2026 | २०८३, बैशाख २३ गते

अनेमसंघ (समाजवादी) सिद्धार्थनगर–६ को भेला

आइतवार , पौष २५, २०७८

  • 3.2K
    Shares
  • 3.2K
    Shares
  • भैरहवा, २५ पुस ।
    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट अखिल नेपाल महिला संघ (समाजवादी) सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ को अध्यक्षमा कविता सिंह बस्नेत चयन भएकी छन् ।
     
    भैरहवामा सम्पन्न वडा भेलाले बस्नेतको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन गरेको हो । जसको उपाध्यक्षमा गिताञ्जली अधिकारी, सचिवमा आँचल दुवे र कोषाध्यक्षमा सीता न्यौपाने रहेका छन् । 

    भेलामा बोल्दै पार्टीका केन्द्रिय सदस्य एवं रुपन्देही सह–इञ्चार्ज उमा काफ्लेले समाजवादीले महिलाहरुको हकअधिकारलाई स्थापित गर्न लागिपरेको बताइन् । सिद्धार्थनगर नगरपालिका उपप्रमुख समेत रहेकी काफ्लेले पार्टीलाई बलियो बनाउन महिला सदस्यहरुको अह्म भूमिका रहने बताउँदै समाजवादी भन्दा बाहिर रहेका महिलाहरुलाई पनि पार्टीमा सक्रिय भएर काम गर्न आग्रह गरिन् ।
     
    कार्यक्रममा पार्टी जिल्ला सचिवालय सदस्य तथा सिद्धार्थनगर इञ्चार्ज तारापति भण्डारी, जिल्ला कमिटी सदस्य एवं अनेमसंघ जिल्ला उपाध्यक्ष सुवर्ण कुँवर, जिल्ला सदस्य तुल्सी खनाल पोखरेल, राधा पाण्डे लगायतले बोल्दै पार्टी निर्माणमा लाग्न आग्रह गरेका थिए । कार्यक्रम सचिव आँचल दुवेको सञ्चालनमा भएको थियो ।