images

शुक्रवार, बैशाख १४ गते २०८१

उजिरसिंह रनिङ क्रिकेट प्रतियोगिता : बुटवल ११ को विजयी सुरुवात

उजिरसिंह रनिङ क्रिकेट प्रतियोगिता : बुटवल ११ को विजयी सुरुवात

images
images
images
आइतवार, पौष २५ २०७८
आइतवार, पौष २५ २०७८
  • उजिरसिंह रनिङ क्रिकेट प्रतियोगिता : बुटवल ११ को विजयी सुरुवात

    बुटवल, २५ पुस ।
    उजिरसिंह रनिङ एकदिवसीय क्रिकेट प्रतियोगिता २०७८ सुरु भएको छ । युवा खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ शनिबार एक समारोहकाबीच बुटवल क्रिकेट विकास समितिका सदस्य गंगाराम सुनार र बुटवल क्रिकेट विकास समितिका अध्यक्ष नेत्र पौडेलले एम्पायरलाई बल हस्तान्तरण गरी खेलको सुरुवात गरेका छन । 

    बुटवल क्रिकेट विकास समितिको आयोजना तथा बुटवल उपमहानगरपालिका, नगर खेलकुद विकास समिति रुपन्देही क्रिकेट संघको सहयोगमा बुटवल नरेश्वर क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा बुटवल ११ क्रिकेट क्लब विजयी भएको छ । बुटवल ११ ले बेष्ट्रन क्रिकेट क्लब देवीनगरलाई ६० रनले पराजित गरेको हो । 

    टस जितेर बेष्ट्रनले फिल्डिङ रोजेपछि ब्याटिङको निम्तो पाएको बुटवल ११ का ब्याट्म्यानहरुले १९ दशमलव १ ओभरमा सबै विकेट गुमाएर १ सय २० रनको लक्ष्य तयार गरेको थियो । उसका लागि हिमाल पुनले ४७ रनबाहेक अन्य ब्याट्सम्यानहरुले दोहोरो रन जोड्न सकेनन । बेष्ट्रनका शिव कुमालले ५ विकेट र राम यादवले ४ विकेट लिएका थिए । मध्यम लक्ष्य पछ्याएको वेष्ट्रनका रन्जित खड्काले ३० रनबाहेक अन्य ब्याट्सम्यान क्रिजमा जम्न सकेनन । केवल २१ द्यशमलव २ ओभरमा ६० रनमा सबै विकेट गुमाएका थिए । बुटवलका अजय कुमार चौहानले ७ र एकलाख अहमदले २ विकेट लिएका थिए । अजय कुमार चौहान खेलमा म्याच अफ दी म्याचबाट पुरस्कृत भएका थिए । 

    प्रतियोगिताको विजेता टिम नगद २० हजार रुपैयाँ नगद, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत हुनेछ भने उपविजेता टिमले १० हजार रुपैयाँ नगद, कप, मेडल, प्रमाणपत्र तथा विधागत रुपमा उत्कृष्ट खेलाडीहरुलाइ समेत नगद र कपबाट पुरस्कृत गरिनेछ । आइतबार वेष्ट्रन क्रिकेट क्लब र बुटवल युथ क्लबका बीच खेल हुने खेल संयोजक राजु राना बताए । प्रतियोगितामा १० टिमले भाग लिएका छन ।

    images

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij