२०८३, बैशाख २३ गते

May 06 2026 | २०८३, बैशाख २३ गते

गफ गरेर मात्र मुलुकमा समृद्धि आउदैन : बाबुराम भट्टराई

आइतवार , पौष २५, २०७८

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • काठमाडौँ। जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गफ गरेर मात्र मुलुकमा समृद्धि नआउने भन्दै समृद्धिका लागि राजनीतिक दलहरु गम्भिर हुनुपर्ने बताएका छन्।

    राष्ट्रिय व्यापार संघले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा भट्टराईले विज्ञहरूसँग ज्ञान, सीप र अनुभव सदुपयोग गरेर अगाडि लैजान सके मुलुक समृद्ध बन्न सक्ने धारणा राखे । उनले मुलुकको आर्थिक समस्या समाधानका लागि नीजि क्षेत्रको सवै निकायबीच साझेदारी हुनुपर्ने बताए ।

    मुलुक औधोगिक पूँजीबादी बिकासको चरणमा नेपाल रहेको भन्दै उनले बित्तिय पूँजी, व्यापारिक पूँजी र औधोगीक पूँजीबीचको सन्तुलन मिल्नुपर्ने उल्लेख गरे । उनले बिकासको बाधक  संरचनालाई बदल्न गरेको क्रान्ति पुरा नभएका कारण नै समस्या भएको जिकिर गरे ।