
सोमवार , आश्विन २६, २०७७
भैरहवा, २६ असोज ।
रुपन्देहीमा सोमबार थप १५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा ५९ महिला र ९९ जना पुरुष रहेका छन् ।
स्वास्थ्य कार्यालय, रुपन्देहीका अनुसार सोमबार बुटवल उपमहानगरपालिकाका ९७, सिद्धार्थनगर नगरपालिकाका २३, तिलोत्तमाका २३, देवदहका ४, सैनामैनाका ५, शुद्धोधनका २, रोहिणी, सियारी, कञ्चन र ओमसतियाका १/१ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।
योसंगै रुपन्देहीमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ हजार ८ सय ५० पुगेको स्वास्थ्य कार्यालय, रुपन्देहीका तथ्यांक अधिकृत ओम प्रकाश गुप्ताले बताए ।
जिल्लामा हालसम्म २ हजार ५ सय ४४ जना कोरोना संक्रमित निको भएका छन् । त्यस्तै रुपन्देहीमा १ हजार २ सय ६५ जना कोरोना संक्रमित उपचाररत छन् । त्यस्तै जिल्लामा हालसम्म ४१ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij