२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

पत्रकार चौहानलाई पितृशोक

सोमवार , आश्विन २६, २०७७

भैरहवा, २६ असोज ।
पत्रकार बिन्दु कुमार चौहानलाई पितृशोक परेको छ । लुम्बिनी क्षेत्रमा रहेर पत्रकारिता गरिरहेका चौहानका ७१ वर्षिय पिता सिताराम चौहानको आफ्नै निवासमा सोमबार बेलुकी ५ः४५ बजे निधन भएको हो ।

पत्रकार चौहान बुटवल टुडे दैनिक, बुद्ध सामुदायिक टेलिभिजन, एबीसी टेलिभिजन लगायत मिडियामा कार्यरत छन् ।
लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ११ मुग्लाहाका बासिन्दा चौहानलाई आइतबार अचानक कलेजोमा समस्या भएपछि बुटवलस्थित तिनाउ इन्टरनेशनल हस्पिटलमा उपचारका लागि ल्याइएको थियो । भेन्टिलेटरमा राख्नुपर्ने भएपछि उक्त अस्पतालले लुम्बिनी प्रादेशिक अस्पतालमा जान भने पनि त्यहाँ भेन्टिलेटरको अभाव थियो ।

त्यसपछि उनलाई भैरहवास्थित युनिभर्सल मेडिकल कलेज रिफर गरिएकोमा मेडिकल कलेजमा समेत भेन्टिलेटरको अभाव हुँदा उनलाई परिवारले घर लगेका थिए । स्वर्गीय चौहानका २ छोरा र १ छोरी छन् ।