
बुधवार , पौष २१, २०७८
सुदूरपश्चमि,२१ पुस। केही दनियता बढेको अत्याधिक चिसाे र शीतलहरका कारण सुदूरपश्चमिको तराई क्षेत्रको जनजीवन कष्टकर बन्दै गएको छ।
बिगत जस्तै यस वर्ष पनि यतिबेला कैलाली, कञ्चनपुरलगायतका जल्लिामा बाक्लो हुस्सु र कुहिरोसँगै चल्न थालेको शीतलहरले यस क्षेत्रका जनजीवन कष्टकर बनेको छ। हुस्सु र कुहिरोका कारण घाम लाग्न नसकेपछि बढेको चिसोले जनजीवन कष्टकर बनेको हो। शीतलहरसँगै बढेको कठ्याङ्ग्रिने जाडोले सर्वसाधारणको दैनिकीमा प्रतिकूल प्रभाव परेको छ। चिसोबाट वृद्धवृद्धा, बालबालिका र दैनिक मजदूरी गरेर जीविको चलाउने बढी प्रभावति भइरहेका छन।
पहाडका जिल्लामा पारिलो घाम लाग्दा यतिबेला तराईका कैैलाली, कञ्चनपुर जिल्ला कुिहरो र हुस्सुले ढाकिएका छन्। घाम झुल्किन नपाउँदा सर्वासाधारणलाई बिस्कुन सुकाउन र धोएका लुगा सुकाउनसमेत समस्या देखिने गरेको छ। केही दिनदेखी धनगढी विमानस्थलबाट हुने हवाई सेवा पनि प्रभावति भइरहेको छ।
हुस्सु र कुिहरोका कारण भिजिविलिटी नहुँदा काठमाडौँ–धनगढीको हवाई सेवा प्रभावित भइरहेको छ,’’ विमानस्थल कार्यालयका प्रमुख रामकृष्ण भट्टले भने विमानस्थलबाट सुदूरपश्चिमका पहाडी क्षेत्रमा हुने हवाईसेवा पनि हुनसकेको छैन ।’’ लामो अवधिसम्म हुने शीतलहरका कारण डढुवा रोगको प्रकोपले आलु, गोलभेँडा, तोरीलगायतको बाली नष्ट हुने समस्या पनि किसानले झेल्दै आएका छन्।
पछल्लिा दशकमा आलु, गोलभेँडालगायत तरकारी खेती व्यावसायकि रुपमा भइरहे पनि बर्सेनि देखिने डढुवा रोगको प्रकोपवाट यी बाली जोगाउन मुस्किल हुने गरेको किसानको अनुभव छ। यो रोगवाट जोगाउन कतपिय किसानले टनेल’ पारदर्शी प्लाष्टिकको छानासहितको टहरो बनाएर त्यस मुनि गोलभेँडालगायतको तरकारी खेती गर्ने गरेका छन्। टनेलको व्यवस्थापन गर्न नसक्नेलाई विषादी छर्किनुपर्ने हुन्छ। तर प्रत्येक सातआठ दिनको फरकमा विषादी छर्किन सकेमा मात्र बाली जोगाउन सकिने भएपछि आलु गोलभेँडालगायत बालीमा किसानको खर्च बढ्ने गरेको छ। ढुसीनाशक विषादी छर्केर बाली बचाउन सकिने सल्लाह प्राविधिकले दिने गरेका छन्।
एउटै बालीमा पटक–पटक विषादी किनेर छर्किनका लागि कमजोर आर्थिक अवस्था भएका किसानलाई आफ्नो बाली जोगाउनै मुस्कलि छ। रातिको तापक्रम तीन डिग्री सेल्सयिस भन्दा तल जाने र आद्रता बढ्न गई शीत पर्ने र चिसाे मौसमको सुसुप्त अवस्थामा रहने ढुसी सक्रिय हुने भई बोटमा डढुवा रोगको सङ्क्रमणको समस्या देखनिे गरेको कृिषि प्राबिधक बताउछन्।
लामो समयसम्म हुस्सु र कुिहरो लागेर धेरै चसिो मौसम भइरहँदा ओसिलो जग्गामा गरिएको आलु गोलभेँडा लगायतको बालीमा डढुवा सङ्क्रमको समस्या हुने गरेको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माले बताए। यसका लागि क्रिनोसलि गोल्ड, मेटाल्याक्जेल, एक्रोप्याट वा सेन्टिन नामको ढुसी नाशक विषादी प्रतिलिटर पानीमा डेढ ग्राम मिसाएर बनाइएको झोल एक हप्ताको फरकमा छर्किन सकेमा यो रोगबाट बाली बचाउन सकिने उनको भनाइ छ। रोग लाग्ने सम्भावना देखिएमा भने बोटमा ताेिकएको मात्रामा मेन्कोजे पाउडर पानीमा घोलर छर्किदा डढुवाको सकम्रणबाट बाली जोगाउन सकिने उनले बताए।
डढुवा रोगको समस्या बढ्दै जाँदा कैलाली र कञ्चनपुर जल्लिाको ठूलो क्षेत्रफलमा गरिने तोरी बालीको क्षेत्रफल पछिल्ला दशकमा घट्दै गएको छ। ढुसीको सङ्क्रमण तोरीबालीमा छिटो बढी असर पुर्याढउने गरेको बताइएको छ। धनगढी उपमहानगरपालिका—१३ का किसान गुलाब रानाथारुले बर्सेनी हुने डढुवा रोगकै समस्याका कारण आफूले तोरी खेती गर्न छाडेको बताए पहिले आफ्नो पूरै खेतमा तोरी लगाथ्याँ’’, उनले भने, त्यसपछिका वर्षमा भने डढुवा रोगको प्रकोप देखिदा यो बाली लगाउन छाड्नु परकोे बताए ।’’
पहिले गाउँमा यति बेला तोरी फुलेर हुने पहेँलपुर वातावरणले गाउँमा एक खालको रमाइलो हुने गर्थ्याे’’, ६५ वर्षीय रानाथारुले भने, आफ्नै उमेरमा मौसममा आएको परविर्तन देख्दा अनौंठो समय आएको अनुभव भएको छ।’’ ढुसी रोगको समस्या बढ्दा तोरी बालीको विकल्पमा अधिकाश किसान धान र गहुँखेती गरेर चत्ति बुझाइरहेका छन्। तर छाडा छाडिएका पशु चौपायाले बाली नष्ट गर्दा यो बाली जोगाउन पनि किसानलाई हैरानी छ। सद्धिराज भट्ट रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij