२०८३, जेठ १२ गते

May 26 2026 | २०८३, जेठ १२ गते

सियारी गाउँपालिकामा अत्यावश्यकबाहेकका सेवा बन्द 

सोमवार , आश्विन २६, २०७७

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • भैरहवा, २६ असोज ।
    रुपन्देहीको सियारी गाउँपालिकामा अत्यावश्यकबाहेकका सेवा बन्द भएको छ । गाउँपालिकाले सोमबार सूचना जारी गर्दै अर्को सुचना नआउञ्जेलसम्मका लागि सेवा बन्द रहने जानकारी गराएको हो । 

    गाउँपालिकाका अध्यक्ष, अन्य जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत र कर्मचारी गरी २३ जना बढीमा कोरोना पुष्टी भएपछि गाउँपालीका कार्यालय बन्द गरिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख बुद्धिबहादुर  घर्तीले बताए । ‘विद्यालयको पठनपाठन सुचारु भएका थिए, त्यो पनि रोकेका छौं, पालिकाले भिडभाड हुने स्थान जस्तै हाटबजार, भोजभतेर समेत गर्न रोक लगाएको उनले भने।’

    ‘अर्को सूचना नभएसम्म गाउँपालिकाबाट प्रवाह हुने सेवा स्थगित गरिएको छ, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुधिर पौडेलद्वारा जारी गरिएको सूचनामा उल्लेख छ ।’