२०८२, कार्तिक २४ गते

Nov 10 2025 | २०८२, कार्तिक २४ गते

पार्टीलाई एकढिक्का बनाउन सबैको सहयोग आवश्यक : प्रधानमन्त्री देउवा

मंगलवार , पौष २०, २०७८

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • धरान, २० पुस। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एकढिक्का बनाउन सबैको सहयोग आवश्यक रहेको बताएका छन्।

    प्रधानमन्त्री देउवा धरान–२ मा नवनिर्मित नेपाली कांग्रेसको क्षेत्र नं १ को पार्टी कार्यालय उद्घाटन गरेपछि आयोजित समारोहलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेस पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्ने र यसका लागि देशैभरिका सबै कार्यकर्ताहरुको सहयोग आवश्यक रहेको बताए । 

    प्रधानमन्त्री देउवाले भने, “नेपाली कांग्रेसका कार्यकर्ताहरु एक भएर हिँडेमा मात्र पार्टीमा पनि एकता हुनेछ, अब कांग्रेसको महाधिवेशन पनि सकिएको छ, आगामी दिनमा सबै एक भएर अघि बढ्नुपर्छ भन्ने मेरो आग्रह छ ।’’ 

    यसलगत्तै प्रम देउवाले धरान सहरको १२१औँ वर्ष पुगेको अवसरमा आयोजित धरान दिवसको कार्यक्रम उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ । 

    यसअघि आजै प्रधानमन्त्री देउवाले फोहोरबाट ग्यास र मलसमेत उत्पादन गर्ने गरी धरानमा निर्माण गरिएको फोहोर प्रशोधन केन्द्रको उद्घाटन गरेका थिए । रासस