२०८२, आश्विन ७ गते

Sep 23 2025 | २०८२, आश्विन ७ गते

मारवाडी युवा मंच भैरहवाद्वारा न्यानो कपडा तथा खाद्यान्न वितरण

मंगलवार , पौष २०, २०७८

  • 3.7K
    Shares
  • 3.7K
    Shares
  • भैरहवा, २० पुस ।
    मारवाडी युवा मंच भैरहवाले न्यानो कपडा, वाटर डिस्पेन्सर तथा खाद्यान्न सामग्री वितरण गरेको छ । ११ औं मारवाडी युवा दिवसको अवसर पारेर सोमबार र मंगलबार उक्त सामग्री वितरण गरिएको मंचका अध्यक्ष विनित बेरिवालले बताए ।

    सोमबार रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५  कोटिहवास्थित नेपाल अविनाश अनाथ आश्रम र मंगलबार ओमसतिया गाउँपालिका–३ हाटीफर्साटिकरस्थित श्री जनता आधारभूत विद्यालय, दुमदुमवामा सामग्री वितरण गरिएको बेरिवालले जानकारी दिए ।

    IMG-20220104-WA0022.jpg

    आश्रममा वाटर डिस्पेन्सर (पानी तताउने मेशिन) १ थान, न्यानो कपडा तथा खाद्यान्न सामग्री वितरण गरिएको कार्यक्रम संयोजक अंकित महेश्वरीले बताए । त्यस्तै विद्यालयमाअध्ययनरत बालबालिका तथा स्थानीय वृद्धवृद्धालाई न्यानो कपडा, सल तथा खानेकुरा वितरण गरिएको उनले बताए । मारवाडी युवा दिवस विभिन्न कार्यक्रम गरी मनाइएको मारवाडी युवा मंच भैरहवाका निवर्तमान अध्यक्ष मनोज अग्रवालले बताए ।