images

शनिवार, बैशाख १५ गते २०८१

कराते च्याम्पियनसिपमा भाग लिन नेपाली खेलाडी भारत जाने

कराते च्याम्पियनसिपमा भाग लिन नेपाली खेलाडी भारत जाने

images
images
images
सोमवार, पौष १९ २०७८
सोमवार, पौष १९ २०७८
  • कराते च्याम्पियनसिपमा भाग लिन नेपाली खेलाडी भारत जाने

    भैरहवा, १९ पुस । 
    यही पुस २४ र २५ गते भारतको पश्चिम बंगालमा हुने ‘खेल महोत्सव–२०२२ अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप’ मा भाग लिन ७ जना अफिसियल र २१ खेलाडीसहित २८ जना भारत जाने भएका छन् । जापान गोजुरियो कराते डो मिसन संघ, नेपालका संस्थापक अध्यक्ष तथा प्रमुख प्रशिक्षक के.बी. राना (काजी) को नेतृत्वमा भारत जाने नेपाल खेलकुद परिषद्को पुस ९ गतेको निर्णयले स्वीकृति दिएको छ । 

    images

    संघले सोमबार भैरहवामा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको छ । कार्यक्रममा बोल्दै संघका संस्थापक अध्यक्ष रानाले प्रतियोगितामा स्वर्ण पदक विजेताहरु सन्तु दंगोरिया थारु, विपिन राना, राजकुमार हरिजन, सुनिल रावत, दिलमाया राना, गौरव पौडेल, दिल बहादुर बुढाथोकी लगायत चर्चित खेलाडीहरुको सहभागिता रहने बताए । उनले विभिन्न अभाव र चुनौती झेल्दै देशको लागि वर्षौदेखि खेल्दै आएको बताए । जापान गोजुरियो कराते डो मिसन संघ, नेपालको राष्ट्रिय टिमले यसअघि सन् २०१४ मा पुनामा भएको वल्र्ड च्याम्पियनसिप अवार्ड, सन् २०१७ मा दिल्लीमा भएको साउथ एशियन च्याम्पियनसीप, सन् २०२१ मा पटनामा ईन्टरनेशनल च्याम्पिसयनसीप र सन २०२० मा कलकत्तामा इन्टरनेशनल च्याम्पिसयनसीप अवार्ड समेत जितेको रानाले जानकारी दिए ।

    उनले ऐतिहासिक गौरवलाई कायम राख्दै आसन्न प्रतियोगितामा पनि टिमले ईन्टरनेशनल कराते च्याम्पिसयनसीप अवार्ड हासिल गर्ने गरी तयारी समेत गरेको बताए । प्रतियोगितामा भाग लिन टोली यही पुस २१ गते बेलहिया हुँदै भारतको लागि जाने तयारी गरेको छ । 

    जापान गोजुरियो कराते डो संघका संस्थापक अध्यक्ष के.बी. राना (काजी) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका जिल्ला उपाध्यक्ष धन थापा, लुम्बिनी प्रेस क्लबका संस्थापक अध्यक्ष माधव ढुंगाना लगायतले बोलेका थिए ।

    संघका जिल्ला सदस्य राम बहादुर बस्नेतको स्वागत तथा सचिव सन्तु दंगोरिया थारुको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
    जापान गोजुरीयो सन् २००४ मा स्थापना भएको हो । हाल यस मातहत नेपालभर ३० डोजो र भारतमा १५ डोजो रहेका छन् ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij