२०८२, कार्तिक २४ गते

Nov 10 2025 | २०८२, कार्तिक २४ गते

कांग्रेस केन्द्रीय समितिमा सांस्कृतिक क्षेत्रको प्रतिनिधित्व गराउन माग

सोमवार , पौष १९, २०७८

  • 3.9K
    Shares
  • 3.9K
    Shares
  • काठमाडौं, १९ पुस ।
    नेपाल सांस्कृतिक संघले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा सांस्कृतिक क्षेत्रको प्रतिनिधित्व गर्न माग गरेको छ । संघका प्रवक्ता महेश प्रसाइँले आज एक विज्ञप्ति जारी गर्दै समावेशी र समानुपातिक सिद्धान्तको प्रमुख सूत्रधारका रुपमा रहेको कांग्रेसले समावेशी र समानुपातिक सिद्धान्तलाई प्रतिविम्बन गराएबमोजिम सांस्कृतिक क्षेत्रलाई पनि यथोचित् रुपमा प्रतिनिधित्व गराउन माग गरेका छन् । 

    संघले समावेशी र समानुपातिक सिद्धान्तलाई अवलम्बन गर्दै गर्दा कांग्रेसले सांस्कृतिक क्षेत्रलाई कहीँकतै प्रतिनिधित्व नगराइएको भन्दै उक्त क्षेत्रलाई पनि प्रतिनिधित्व गराउन पार्टीको ध्यानाकर्षण गराएको हो ।

    संघले पार्टीको १४औँ महाधिवेशनबाट पुनः दोस्रोपटक पार्टी सभापति निर्वाचित हुनुभएकामा प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवालाई बधाईसहित सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । रासस