images

बिहिवार, बैशाख १३ गते २०८१

जयसवाल युथ कमिटी रुपन्देहीद्वारा बालगृहमा खाना खुवाउने कार्यक्रम

जयसवाल युथ कमिटी रुपन्देहीद्वारा बालगृहमा खाना खुवाउने कार्यक्रम

images
images
images
आइतवार, पौष १८ २०७८
आइतवार, पौष १८ २०७८
  • जयसवाल युथ कमिटी रुपन्देहीद्वारा बालगृहमा खाना खुवाउने कार्यक्रम

    भैरहवा, १८ पुस ।
    अंग्रेजी नयाँ वर्ष–२०२२ को अवसर पारेर जयसवाल युथ कमिटी रुपन्देहीले सिद्धार्थ बालगृहमा रहेका बालबालिकालाई खाना खुवाएको छ । नयाँ वर्षमा केही भए पनि रचनात्मक काम गर्न सकियोस् भन्ने उद्देश्यले बालगृहमा खाना खुवाइएको संस्थाका अध्यक्ष अमन जयसवालले बताए ।

    images

    बालगृहमा रहेका १८ जना बालबालिकालाई शनिबार खाना खुवाइएको उपाध्यक्ष शिवम जयसवालले बताए । त्यस्तै बालबालिकाहरुलाई शैक्षिक र खेलकुद सामग्री समेत वितरण गरिएको उनले बताए ।

    IMG-20220102-WA0002.jpg

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि जयसवाल सेवा समिति सिद्धार्थनगर, रुपन्देहीका महासचिव अर्जुन प्रसाद जयसवालले नयाँ वर्षको अवसरमा जयसवाल युथ कमिटीले गरेको काम प्रशंसनीय रहेको बताए । उनले आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिन आग्रह गरे । 

    त्यस्तै जयसवाल महिला समिति सिद्धार्थनगर, रुपन्देहीका अध्यक्ष पुनम जयसवाल, बालगृहका सञ्चालक कृष्णमाया गुरुङले नयाँ वर्षमा जयसवाल युथ कमिटीले राम्रो काम गरेको बताए ।

    जयसवाल युथ कमिटीका अध्यक्ष अमन जयसवालको अध्यक्षता, कार्यसमिति सदस्य निसा जयसवालको स्वागत तथा सचिव माया जयसवालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij