२०८२, फाल्गुण २४ गते

Mar 08 2026 | २०८२, फाल्गुण २४ गते

कांग्रेस सभापति देउवाद्वारा १० केन्द्रीय सदस्य मनोनित

शनिवार , पौष १७, २०७८

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • काठमाडौं, १७ पुस ।
    नेपाली कांग्रेसको १४ औं महाधिवेशन समाप्त भएसँगै पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिमा १० जनालाई मनोनयन गरेका छन् । 

    नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम पार्टी सभापतिले केन्द्रीय कार्यसमितिमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई मनोनयन गर्नुभएको नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । रासस