२०८२, पौष २८ गते

Jan 12 2026 | २०८२, पौष २८ गते

उद्योग व्यापार संगठनद्वारा युवा तथा खेलकुद उपसमिति विस्तार

बुधवार , पौष १४, २०७८

  • 3.1K
    Shares
  • 3.1K
    Shares
  • भैरहवा, १४ पुस ।
    उद्योग व्यापार संगठन, रुपन्देही (प्रस्तावित सिद्धार्थ चेम्बर अफ कमर्श) रुपन्देहीले युवा तथा खेलकुद विभाग उपसमिति विस्तार गरेको छ । बुधबार संगठनका कार्यसमिति सदस्य यादव प्रसाद आचार्य (वाई.पी.) को अध्यक्षतामा २१ सदस्यीय उपसमिति विस्तार गरिएको संगठनले जनाएको छ ।

    उपसमितिको उपाध्यक्षमा शिवध्वज राई, कृष्ण मल्ल ठकुरी, सुवास रिजाल, सचिवमा अंकित पौडेल, सह–सचिवमा सरोज ठकुरी, विशाल श्रेष्ठ, कोषाध्यक्षमा मनिष ढकाल र सह–कोषाध्यक्षमा रोशन थापा रहेका छन् ।

    त्यस्तै सदस्यहरुमा मनिष श्रेष्ठ, सुन्दर के.सी., प्रविन आचार्य, विक्की गुरुङ, गोपाल परियार, विनम्र थापा, कमल पोखरेल, हरि बहादुर क्षेत्री, लोकेन्द्र धामी, विवेक भण्डारी, सागर न्यौपाने र मिलन दर्लामी रहेका छन् ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि उद्योग व्यापार संगठनका अध्यक्ष अनिल कुमार ज्ञवालीले उद्योगी व्यवसायीको हकहितसंगै संगठले सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको बताए । उनले युवा तथा खेलकुद उपसमितिले रचनात्मक कार्य गर्ने विश्वास व्यक्त गरे ।

    त्यस्तै सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ का वडा सदस्य सरोज ठकुरी, उद्योग व्यापार संगठन रुपन्देहीका वरिष्ठ उपाध्यक्ष दर्पण श्रेष्ठ, महासचिव सचिन रोक्का, कोषाध्यक्ष राममिलन यादव, सचिव तथा प्रवक्ता लक्ष्मण भण्डारी लगायतले बोलेका थिए ।
    यादव प्रसाद आचार्य (वाई.पी.)को अध्यक्षता, सुवास रिजालको स्वागत तथा अंकित पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।