२०८३, आश्विन १० गते

Sep 26 2026 | २०८३, आश्विन १० गते

माओवादी महाधिवेशनः बन्दसत्र सञ्चालनका लागि अध्यक्ष मण्डल चयन

सोमवार , पौष १२, २०७८

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • काठमाडौँ, १२ पुस। नेकपा माओवादी केन्द्रले महाधिवेशनको बन्दसत्र सञ्चालनका लागि सात सदस्यीय अध्यक्ष मण्डल चयन गरेको छ। अध्यक्ष मण्डलको चयनसँगै बन्दसत्रको कार्यक्रम सुरु भएको माओवादीका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए। 

    उनका अनुसार केही थप प्रतिनिधिको बारेमा निर्णय गर्नुपरेकाले बन्द सत्र सञ्चालनमा केहीबेर ढिलाइ भएको हो। सुरुमा एक हजार ६३१ जना प्रतिनिधि रहने भनिएकामा त्यो बढेर एक हजार ७०० बराबर पुगेको छ। स्थायी समितिको बैठकले १० प्रतिशत प्रतिनिधि मनोनयन गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको थियो। 
    अध्यक्षमण्डलमा कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश शाह, रुपा महर्जन, परशुराम रम्तेल, परशुराम तामाङ, पूर्णाकुमारी सुवेदी हुनेछन्। बन्दसत्रमा अध्यक्ष प्रचण्डको विभिन्न सात बुँदामा समेटिएको ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो, ऐतिहासिक आठौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत प्रतिवेदन’ शीर्षकको राजनीतिक प्रतिवेदन पेश हुनेछ।

     यस्तै, नेता देव गुरुङले विधान संशोधन प्रस्ताव पेश गर्ने कार्यक्रम छ।रासस