images

आइतवार, बैशाख २३ गते २०८१

सहकारी आयआर्जन मात्र नभइ सशक्तिकरणको महत्वपूर्ण पाटो : खाँण

सहकारी आयआर्जन मात्र नभइ सशक्तिकरणको महत्वपूर्ण पाटो : खाँण

images
images
images
शनिवार, पौष १० २०७८
शनिवार, पौष १० २०७८
  • सहकारी आयआर्जन मात्र नभइ सशक्तिकरणको महत्वपूर्ण पाटो : खाँण

    बुटवल, १० पुस ।
    सहकारीलाई आयआर्जनको पाटो मात्र नबनाई नेतृत्व विकास र सशक्तिकरणको पाटोको रुपमा विकास गर्दै जानुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । सहकारीको सिद्धान्तलाई आत्मसात गर्दै, यसको मार्गदिशालाई सामाजिक रुपान्तरण गर्दै, सदस्यहरुको नेतृत्व र बौद्धिक विकास गर्दै अघि बढ्नुपर्ने कुरामा सरोकारवालाहरुको जोड दिएका हुन् । 

    images
    images
    images

    बदलिँदो बचत तथा ऋण सहकारी संस्था बुटवलको ११ औं साधारणसभामा बोल्दै राष्ट्रिय सहकारी महासंघका केन्द्रिय सदस्य रामकृष्ण खाँणले सहकारीहरु अब पुरानो धारणाले चल्न नसक्ने बताउँदै ती सहकारीहरुलाई परिमार्जन गरी लैजानुपर्ने बताए । सहकारीहरुले पछिल्लो समय महिलाहरुको नेतृत्व, बौद्धिक विकास तथा आर्थिक आयआर्जनमा समेत वृद्धि गरेको र नेतृत्व तहमा पुर्याउन सफल हुनु सराहनीय काम भएको बताए ।

    महिलालाई शिक्षा, आत्मनिर्भर बनाउने तालिम, तथा कृषि र युवा लक्षित कार्यक्रमहरु समेत सञ्चालन गरी सबैतर्फबाट माथि उठाउने कोशिष सहकारीले गर्नुपर्ने केन्द्रिय सदस्य खाँणले बताए । नेपालमा हाल करिब ३९ हजार सहकारी रहेका छन्, जसमा ६५ लाख भन्दा बढी मानिसहरु सहकारीमा आवद्ध रहेका छन् । अहिले सहकारीले ८ खर्व भन्दा बढी निक्षेप संकलन तथा कर्जा प्रवाह गरिरहेको जनाइएको छ । 

    सहकारीका अध्यक्ष प्रकाश गैरेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा बुटवल उप–महानगरपालिकाका सहकारी अधिकृत गुणाखर खनाल, प्रदेश सहकारी संघका बसन्त ढकाल, नेपाल ट्रक यातायात महासंघ केन्द्रिय वरिष्ठ उपाध्यक्ष लोकराज पोख्रेल, नेपाल यातायात कर्मचारी महासंघका महासचिव बाबुराम अधिकारी, सहकारीका सल्लाहकारहरु पृथबहादुर फौदार, मजदुर नेता कृष्णप्रसाद बेलवासे, पशुपति सहकारीका डोलराज बस्याल, संस्थाका उपाध्यक्ष नरबहादुर रजाली, संस्थाकी सचिव एवं कार्यक्रम संचालिका वसन्ती लम्साल न्यौपाने, लेखा संयोजक टोपलाल घिमिरे लगायतले सहकारीको महत्व र यसका आगामी कार्यदिशाबारे चर्चा गरेका थिए । 

    संस्थाका सदस्य सत्यवती नेपालको स्वागत मन्तव्यबाट सुरु भएको सो कार्यक्रममा कोषाध्यक्ष तुल्सीराम पाण्डे भुवनले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।  सो सहकारीको कुल पुँजी पौने ६ करोड भन्दा बढिरहेको र करिब ५ सय सदस्यहरु आवद्ध रहेको सहकारीका अध्यक्ष प्रकाश गैरेले बताए । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij