२०८२, आश्विन ७ गते

Sep 23 2025 | २०८२, आश्विन ७ गते

अनेरास्ववियु सिद्धार्थनगर नगर कमिटीको आयोजनामा रक्तदान

शुक्रवार , पौष ९, २०७८

  • 3.5K
    Shares
  • 3.5K
    Shares
  • भैरहवा, ९ पुुस ।
    नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सिद्धार्थनगर नगर कमिटीको आयोजनामा शुक्रबार भैरहवामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । भैरहवा बहुमुखी क्याम्पसको प्रांगणमा भएको कार्यक्रममा ५१ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक तथा अनेरास्ववियु सिद्धार्थनगरका उपाध्यक्ष विवेक भण्डारीले बताए ।

    कार्यक्रमको उद्घाटन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य, विद्यार्थी इञ्चार्ज तथा अनेरास्ववियुका पूर्वअध्यक्ष माधव ढुंगेलले विद्यार्थीको हकहितसंगै अनेरास्ववियुले राष्ट्रियता तथा सामाजिक न्यायको पक्षमा बोल्दै आएको बताए । उनले समृद्धिसंग जोडिएका सबै विषयमा अनेरास्ववियुले सुझाव दिनुपर्ने बताए । उनले भने,‘निर्माण र सिर्जनाको बाटोमा लाग्नुपर्छ ।’ एमाले र अनेरास्ववियु जनताको मन जित्न सफल भएको उनले बताए । नेता ढुंगेलले रचनात्मक क्रियाशिलताको पाटोमा अनेरास्ववियुले श्रेष्ठता हासिल गरेको बताए । 

    IMG_9019.JPG

    अनेरास्ववियु सिद्धार्थनगर नगर कमिटीका अध्यक्ष सुनिल खनालले रक्तदान, जीवनदान भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिएको बताए ।

    अनेरास्ववियु सिद्धार्थनगर नगर कमिटीका सचिव शिव खरेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा एमाले रुपन्देही जिल्ला सचिवालय सदस्य तथा क्षेत्र नम्बर ३ संयोजक हितराज पन्थी, सिद्धार्थनगर कमिटीका अध्यक्ष चक्र बहादुर थापा, सचिव नारायण प्रसाद भण्डारी, अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य लक्ष्मी के.सी., केन्द्रीय सदस्य साजन भण्डारी, सरोज ठकुरी, झक बहादुर आले, इन्दु ज्ञवाली, रुपन्देही जिल्ला सह–सचिव भीम भण्डारी, अनेरास्ववियु भैरहवा बहुमुखी क्याम्पसका अध्यक्ष सागर न्यौपाने, सचिव आशिष पन्त, राष्ट्रिय युवा संघ, नेपाल सिद्धार्थनगरका अध्यक्ष कृष्ण मल्ल ठकुरी, सचिव रोशन थापा, एमाले सिद्धार्थनगर–९ का सचिव यादव प्रसाद आचार्य (वाई.पी.) लगायतको आतिथ्यता रहेको थियो ।

    IMG_9047.JPGकार्यक्रममा सहभागि रक्तदाताहरुलाई प्रमाणपत्र प्रदान गरिएको अनेरास्ववियु सिद्धार्थनगर नगर कमिटीका अनुशासन विभाग प्रमुख कमल घिमिरेले बताए ।

    IMG_9042.JPG