२०८३, बैशाख २३ गते

May 06 2026 | २०८३, बैशाख २३ गते

राप्रपा लुम्बिनी प्रदेश समितिको सपथग्रहण

शुक्रवार , पौष ९, २०७८

  • 3.2K
    Shares
  • 3.2K
    Shares
  • भैरहवा, ९ पुस ।
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेश समितिको सपथग्रहण कार्यक्रम बिहीबार दाङको तुल्सीपुरमा सम्पन्न भएको छ । राप्रपा लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट निर्वाचित कार्यसमितिको सपथग्रहण कार्यक्रम सम्पन्न भएको होे ।

    267503397_762787498455977_1378655936673945264_n.jpg

    दाङमा आयोजित एक कार्यक्रमकाबीच सपथग्रहण गराइएको हो । कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गरेका थिए ।

    सोही अवसरमा राप्रपा लुम्बिनी प्रदेश अन्तर्गतका जिल्ला अध्यक्षहरुसहितको संयुक्त बैठक समेत सम्पन्न भएको थियो । 

    267387601_1046946002548728_2354696045891961650_n.jpg

    कार्यक्रममा रुपन्देहीको प्रतिनिधित्व गर्दै राप्रपा रुपन्देहीका कार्यवाहक जिल्ला अध्यक्ष अजय कुमार गुप्ता, पार्टीका केन्द्रीय सदस्यद्वय ताहिर अली, वसन्त विक्रम शाही, प्रदेश समिति सदस्यहरु  दिपक पाण्डे, विश्व प्रकाश श्रेष्ठ, सब्बिर पठान, राजन अधिकारी, जिल्ला सचिव बलराम शर्मा, युवा सभापति शंकर खत्री, युवा नेता अनिल चौधरी लगायतको उपस्थिति रहेको थियो ।

    266001863_306560781383995_1374055527216496870_n.jpg